सांसदहरुको तलब ५६ हजारबाट सिधै ९० हजार पुग्ने

काठमाडौं–२४ जेस्ठ

संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतः सांसदहरुको समेत बढ्नेछ ।

त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो । बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ ।

मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन् । त्यसका अतिरित्त वैठक बसेको दिन यातायात खर्च १ हजार र वैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ ।

यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सयय रुपैयाँ बैठक भत्ता थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया