साञ्जेन र रसुवागढी हाइड्रोपावरको आइपियो आजदेखि खुल्ला

बिजनेसपाटी ६ बैशाख ।
रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा आज बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ ।
लगानीकर्ताहरुले दुबै कम्पनीको शेयरमा एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको निर्देशनपछी दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागु भएको हो ।
कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर रसुवागढी हाइड्रोपावरले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरी कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर साञ्जेन हाइड्रोपावरले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । ‘जनताको जलविधुत कार्यक्रम’मा समेटिए पनि यी दुबै कम्पनीहरुको भौतिक प्रगति ५० प्रतिशत भन्दा बढी सम्पन्न भैसकेको छ ।
दुबै आयोजनाको शेयरमा सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया