सानिमा बैंक र सहारा नेपाल बिच रेमिटयान्स भुक्तानी सम्झौता

बिजनेसपाटी ६ मंसिर

सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपाल भरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरे ।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ ए.टि.म. रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया