सानिमा बैंकको जागिर छोडेर बाख्रा पालनमा

राजु साह कानु
कलैया, बारा ३ पौष  ।
आजको युवापुस्ता पढेर डाक्टर, इन्जिनियर तथा बैंकमा जागिर खान आकर्षित भइरहेका बेला बारा बघवनकी रन्जिता जैसवाल भने बैंकको आकर्षक जागिर छोडेर बाख्रापालन गर्नतर्फ लागेकी छिन । रन्जिताले काठमान्डौको सानिमा बैंकमा मासिक २० हजारको जागिर छोडेर बाख्रा पालनतर्फ लागेकी हुन् । उनले एक महिना मै ४० हजारको खसि बेचिन्, खसी बेचेर अझै पैसा कमाउने उनको सोच बनाएकी छिन् । उनले भनिन्, “कुर्वानीको बेलामा एक महिनामा चालिस हजार कमाएको थिए, अझै पैसा कमाउने उत्साह जागेको छ ।”
प्रेम विवाह गरी १५ बर्ष काठमाडौेको बानेश्वरमा बसेकी जैसवाल वि.स. २०७२ फाल्गुन देखि बघवनमा आएर बाख्रा पालनमा लागेकी रन्जिता जैसवालको फर्ममा हाल ५० ओटा बाख्रा रहेको छ । ११ ओटा खसी तथा ३९ ओटा बाख्रा रहेको छ ।” ३९ वटा बाख्रा मध्य पनि कतिले बच्चा जन्माउन थालेको छ । उनले पालेको बाख्राले कार्तिक देखि अहिले सम्म ११ ओटा पाठापाठी जन्माएको छ ।

८ लाखको लागतमा व्यवसायी बाख्रा पालन शुरु गरेकी रञ्जिताले पत्रपत्रिका तथा इन्टरनेटको माध्यमबाट बाख्रा पालन गर्ने योजना बनाएकी उनले शुरुशुरु बाख्रा पालन सम्बन्धी आधारभूत ज्ञान नभएका कारण बाख्राहरु स्वास्थ्य उपचारको अभावमा मर्ने गरेको पनि तितो अनुभव पनि सुनाइन् । “पि.पि.आर. खोप दिन नपाएपछि गत बर्ष २४ ओटा बाख्रा म¥यो, तर अब शर्तक छु” उनले भनिन् ।
जिल्ला पशु सेवा कार्यलय बाराबाट उनलाई तालिमको लागि जनकपुर पठाएको थियो । त्यहाँ तालिम लिएर आएपछि बाख्राको ज्वरो नाप्ने, सुइ लाउने समयनुसार आहार दिन सजिलो भएको छ उनलाई । प्रायः सबै बाख्राको पशुधन वीमा गरेको समेत गरेकी छिन् । बाख्रा फाराममा अहिले उनले २ जनालाई रोजगार पनि दिएकी छिन् । आउने दिनमा थप कामदार राख्ने उनको सोच रहेको छ ।

बढ्दो जनसङख्याका कारण चरनहरु घर जग्गाको प्लटिङमा परिणत भएपछि चरनको अभाव टार्नको लागि उनीले पशु सेवा कार्यलयबाट उपल्वध गराउने इपिलिपि, बकाईनो नामको डाले घाँस लगाउने गरेकी छिन् । बाख्राको लागि चोकर, दाना, मकै आदि आहार दिने गरेकी छिन् । पूरानो स्कुटीमा चढ्ने गरेकी रन्जिता अबको ५ बर्षमा बाख्रा पालनको पैसाले नै चारचक्के सुविधा सम्पन्न गाडी किन्ने अठोट लिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया