सानिमा बैंकको साधारणसभा सम्पन्न, को-को बने नयाँ संचालक ?
बिजनेसपाटी ३० अशोज
सानिमा बैंकको १३ औ बार्षिक साधारणसभा असोज २९ गते आईतबार सम्पन्न भएको छ । सो सभाबाट बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नुको साथै संस्थापन समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु समेत चयन गरेको छ ।
सो सभाले संस्थापन समूह “क” बाट विनय कुमार श्रेष्ठ, तुक प्रसाद पौडेल र शाम्वा लामालाई सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरि निर्वाचित गरेको हो ।
बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाबाट पारित भएको चुक्ता पूँजीको १६ प्रतिशत बोनसपछि सानीमा बैंकको चुक्ता पूँजी ८ अर्ब नाघेको छ । बैंकले आर्थिक वर्ष २०७३/ ७४ मा एक अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कुल सम्पत्ति ६९.९५ अर्ब, कुल निक्षेप रु ५७.७५ अर्ब, तथा कर्जा सापटी खुद रु ५१.२६ अर्ब रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा नाफा ३३.२३ प्रतिशत, निक्षेप २४.६२ प्रतिशत, तथा कर्जा सापटी २६.७६ प्रतिशत र कुल सम्पत्तिमा २५.१६ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।
सानिमाको पूँजी कोष अनुपात १५.५७ प्रतिशत, तरलता २६.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७१.६६ प्रतिशत र निष्कृय कर्जा अनुपात ०.०१ प्रतिशत रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया