सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_332,h_152/https://businesspati.com/wp-content/uploads/2025/02/images-2.jpg)
काठमाडौं २९ माघ २०८१ । सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया