सानिमा रिलायन्सको लाभांश लिने आज अन्तिम मौका

काठमाडौं, फागुन २५, २०८१ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको बोनश शेर नगद लाभांश लिने आज अन्तिम दिन हो । आज फागुन २५ हो । भोली फागुन २६ मा कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका बुक क्लोज गर्दैछ ।
सानिमा लाइफ इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयरधनीलाई १.२३८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस शेयरको राजस्व शेयरधनी आफर्लले तिर्नुपर्ने छ । कम्पनीले लाभांश प्रस्ताव शेयर पारित गर्नका लागि आगामी चैत्र ८ गते आफ्नो वार्षिक साधारण सभा बोलाइसकेको छ ।

यसका साथै उक्त इन्सुरेन्स कम्पनीको नाफा–नोक्सान हिसाब, वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण र अन्य केही मुख्य एजेन्डाहरुमा साधारणसभामा छलफल हुने पनि कम्पनीले जनाएको छ ।

त्यसैगरी बोनस शेयर वितरणपछि भने पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र शंसोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरुको अनुमोदन आगामी चैत्र ८ गते हुने वार्षिक साधारणसभामा पेश गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया