‘सान्नानी’ लिएर बजारमा आए गायक दुलाल (भिडियो सहित )

सगिता सुबेदी गौतम
काठमाडौँ १९ माघ
स्थापित संगीतकार एवं गायकको परिचय बनाएका ठाकुरप्रताप दुलालले दर्शक श्रोतामाझ ‘सान्नानी’ बोलको अति मार्मिक गीत बजारमा लिएर आएका छन् । केही दिन अघि मात्र युटुब मार्फत सार्वजनिक गरिएको दुलालको यस गीत यतिबेला युटुबमा चर्चित छ । स्वदेशमा आफनो जिवन संगीनीलाई छाडेर विदेशीने नेपाली युवाहरुको प्रेमपिडामा आधारित यस गीत उनको आफनै शब्द–संगीत र स्वरमा सजिएको छ । गीतको भिडियो निर्देशन पेमा तामाङ (गोफ्ले )ले गरेका हुन् भने अभिनयमा दुलाल आफै र मोडल प्रिया रिजालले गरेकी छिन् । क्यामरामा हरिस महरा, सम्पादनमा सुजन शाहीले भुमिका निवार्ह गरेका छन् ।
यस गीत बाहेक गायक संगीतकार ठाकुरप्रताप दुलालको नयाँ एल्बम ‘तमासा’ छिट्टै बजारमा ल्याउँदैछन् । सो एल्बमका गीतहरुमा सागर अधिकारीको एकल संगीत र ठाकुरप्रताप दुलालको स्वर रहनेछ । कृष्णहरी बराल, विष्णुवावु देबकोटा, गोर्बद्धन पुजा, अर्जुन अन्यौल जस्ता ख्याती प्राप्त गीतकारहरुको शब्द सृजनाले ‘तमासा’ एल्वम सिंगारिने गायक दुलालले बताए ।
सानै उमेरदेखि गीत–संगीतको क्षेत्रमा होमिएका ठाकुर प्रताप दुलाल यतिवेलाका प्रतिभाशाली कलाकार हुन् । ०५४ सालमा राष्ट्रिय स्तरको प्रतिभा सिर्जना समुहद्धारा आयोजित कार्यक्रममा ‘मै नेपाल जाने बेलामा’ बोलको गीती प्रस्तुती दिएका उनी त्यसपछी लगातार कलाकारितामा साधनारत छन् । सुरुमा संगीतकारको रुपमा बढी चिनिएका दुलाल यतिवेला भने गायकको रुपमा दरिलो परिचय बनाएका छन् । उनले सन् २००७ मा क्लासिक म्युजिकमा रविन्द्र भारती विश्वविधालयबाट मास्टर्स समेत गरेका हुन् । म्युजिकमा मास्टर्स गरेपछी उनी नेपालमा ब्यस्त संगीतकार एवं गायक मात्र होइन् संगीत गुरुको रुपमा स्थापित भए ।
ठाकुर प्रतापले पहिलो पटक २०५६ सालमा ‘ढल्न लागेको दिनसँगै’ बोलको गजल गीत गाएका थिए ।
त्यसैगरी उनले २०६६ मा ‘अब जाँदैछु म’ बोलको गीतमा पहिलो पटक संगीत भरेका थिए । त्यसपछीका बर्षहरुमा उनले दर्जनौ एल्वम तथा गीतहरुमा शब्द, संगीत तथा स्वर भर्ने काम गरिसकेका छन् ।
नेपालको राष्ट्रिय गानका सर्जक ब्याकुल माइलासँग उनले विल्कुलै नयाँ क्लासिक गजल एल्वम ‘छाल भित्रका प्रतिबिम्ब’ मा समेत काम गरिसकेका छन् । गायक संगीतकार दुलालको एकल संगीतमा २०६७ सालमा बजारमा आएको सो एल्वम चर्चित समेत रह्यो । ब्याकुल माइलाको शब्द रहेको सो गजल एल्वममा गायकद्धय सत्य–स्वरुप, गायिका अन्जु पन्त, गायकहरु नरेन्द्र प्यासी, संगिता प्रधान र ठाकुर प्रताप दुलालले काम गरेका थिए । उनले १२ थरी वाध्यवाधन बजाउँछन् ।
यसरी ललितपुर निवासी ठाकुरप्रताप दुलाल फरक पारिवारीक पृष्ठभुमीका बाबजुत कठोर संर्घले सफलताको सिँढी चढदैछन् । कलाकारिताको यस स्थानमा आउन आफुलाई गोपालप्रसाद दुलाल, दिपकप्रसाद घिमिरे, श्यामराज बजगाँई लगायतका अग्रज तथा आफन्तजनहरुले ठुलो सहयोग गरेको उनी सम्झन्छन् ।
‘सान्नानी’ भिडियो हेर्न तल क्लीक गर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया