साहित्य सदनद्वारा कविता महोत्सव : उत्कृष्ट पाँच कवितालाई पुरस्कार

काठमाडौँ, चैत ५, २०८१ । साहित्य सदन नेपालले विश्व कविता दिवस चैत्र ८ गते (मार्च २१) को सन्दर्भ पारेर राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गर्दैछ । साथै साहितय सदन नेपालले यसै अवसरमा कविता महोत्सव कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँच कविहरूलाई सम्मानसहित पुरस्कृत गर्ने जनाएको छ ।

चैत ८ गते हुने राष्ट्रव्यापी कविता प्रतियोगितासहितको कविता महोत्सवमा उत्कृष्ट पाँचमा पर्न सफल कविलाई साहित्य सदन नेपालका तर्फबाट पुरस्कृत गरिनेछ । तोकिएको म्यादभित्र प्राप्त भएका कवितामध्ये मापदण्डमा परेका कविताहरू कोड नम्बरका आधारमा विज्ञहरूबाट मूल्याङ्कन हुनेछन् ।

यसरी पुरस्कृत हुने कविताहरूमा २०३ कोड नम्बरका भक्तपुरका कवि भीष्मराज काफ्लेको ‘हामी नेपाली’ २१८ कोड नम्बरको नुवाकोटका कवि एलिसा एकनासको ‘इतिहासका अपूर्ण पृष्ठहरू’, २२२ कोड नम्बरको उदयपुरका कवि जीवन आरोहीको ‘उज्यालोको प्रतीक्षा’, २२८ कोड नम्बरको पर्वतका कवि तारानाथ पराजुलीको ‘मेरो देश’ र २४८ कोड नम्बरको मोरङका कवि सोमनाथ दाहालको ‘मेरो देश’ शीर्षकका कविताहरु रहेका छन् ।

२०८१ चैत्र ८ गते शुक्रबार ११ बजे हुने कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व कुलपति,बरिष्ठ कवि बैरागी काइँला, विशेष आतिथ्यता पूर्व कुलपति,बरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती र विशेष आतिथ्यता बरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाइँको उपस्थिति रहने साहित्य सदन नेपालले जानकारी दिएको छ ।

यस्तै उक्त कार्यक्रममा अन्य ३० जना अतिथि कविका कविता पनि बाचन हुनेछन् । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया