सिटिजन्स बैंक इन्टरनेसनलले एकैसाथ सञ्चालनमा ल्यायो ६ नयाँ शाखा
बिजनेसपाटी १ जेष्ठ ।
सिटिजन्स बैंक इन्टरनेसनलले सोमबारबाट एकैसाथ ६ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा विशेष पत्रकार सम्मेलन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी इलामको माङसेबुङ , सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती, काभे्रको तिमाल , सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमिमा शाखाहरु उदघाटन गरेका हुन् ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ६ वटा शाखाहरु संचालनमा ल्याएको बैकले जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यस आ.व २०७४।७५ मा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक , पूर्व रुकुमको भूमे , हुम्लाको नाम्खा , अछामको ढकारी , कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स ,आस्वा ,ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया