सिटिजन्स बैंकका ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छूट पाउने
काठमाण्डौ ६ साउन २०८१-सिटिजन्स बैंक इन्टरनेशनल र बुद्ध एयर प्रालि बीच विशेष छूट दिने समझदारी भएको छ ।उक्त समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् ।उक्त छूट सुविधा बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले बताएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया