सिटी एक्स्प्रेस र कतारको अल जमान एक्सचेन्जबीच सम्झौता
काठमाडौं ९ अशोज ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र कतारको अल जमान एक्सचेन्जबीच एक सम्झौतापत्र हस्ताक्षर भएको छ । सो सम्झौतासँगै कतारको ठूलो संजाल भएको अल जमानबाट नेपाली कामदारले नेपालमा पैसा पठाउन र झिक्न सक्नेछन् । कतारमा रहने नेपालीले अल जमानमा रहेको ७ वटा भुक्तानी केन्द्रमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछने । साथै सो रकम नेपालको सिटीस्थित ५ हजार भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिनेछ । सो सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अज जमानका चिफ अपरेटिङ अफिसर जुविल अब्दुल रहिमानले हस्ताक्षर गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया