सिटी एक्स्प्रेसकोे पहिलो महिनाको विजेता घोषित
बिजनेसपाटी १४ कार्तिक ।
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्ने, साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको १२औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।
सो अफर असोज १ गते देखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यस अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले रु १०,००० जितिसकेका कम्पनीले जनाएको छ । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको हो । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था ) बाट पैसा पठाई पहिलो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया