सिद्धार्थ बैंकको सीईओमा शम्भुनाथ गौतम नियुक्त
बिजनेसपाटी २६ श्रावण ।
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बुधबार बसेको बैंक संचालक समितिको बैंठकले गौतमलाई ४ वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । उनी यस अघि सोही बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
सीईओ सुरेन्द्र भण्डारीले बैंक छाडेर कुमारी बैंक गएसँगै उक्त पद रिक्त थियो । कृषि विकास बैंकबाट आफ्नो बैंकिङ करियरको सुरुवात गरेका गौतमको सो क्षेत्रमा ३० बर्षभन्दा लामो अनुभव रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया