सिद्धार्थ बैंकले नयाँ शाखा सुर्खेतमा
बिजनेसपाटी १९ जेस्ठ ।
सिद्धार्थ बैंकले सुर्खेतमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकका संचालक हेमन्त ज्ञवालीले सो नयाँ शाखाको उद्घाटन गरेका छन् । यो शाखामा सम्पूर्ण बैंकिङ सेवासँगै एटिएम समेत छ । बैंकले हालै चितवनको टाँडी, नवलपरासीको कावासोती र पाल्पाको तानसेनमा शाखा संचालनमा ल्याएको थियो।
बैंकको देशभर ७० शाखा, दुर्इ वटा एक्सटेन्सन काउन्टर,८८ एटिएम र ७० वटा शाखारहित बैंकिङ सेवा दिँदै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया