सिद्धिचरण र हिमाल कविता

स्वयम्भू शाक्य

हिमगिरि तिमीलाई हेर्नको लागि म अग्लो कौसीमा चढी हेर्दा तिम्रो मुहार लाली गुराँस जस्तै धपक्क फुलेको देखें । तिमीलाई हेर्न स्वच्छ गौचरणमा घुमी हेर्दा तिमी विशाल गगन जस्तै अटल विश्वासमा बाँचिरहेको देखें ।
म थम्काली हुँ । थुम्का थुम्की चढेर हेर्दा तिमी अप्सरा जस्तो देखें । सौन्दर्यको खानी अनि विश्वासका प्रतिक देखें । अटल माया गर्ने प्रेमी भैmं देखें ।
तिमी युगौं युगसम्म बाँच्ने मनहारी हिमचुली हौं । कठिनसे कठिन काम गर्न उत्साह गर्ने साहसी हौं । हिमाली भाषा बोल्ने हिमाङ्क हौं । हेर्दैछु जति हेरे पनि नपुग्ने , बोल्दैछु जति बोले पनि नपुग्ने, लेख्दैछु जति लेखेपनि नपुग्ने , हिदैछु जति हिडे पनि नथाक्ने तिमी त मनमोहक हौं । कोइलीको मधुर संगित हौं । ज्ञान र विज्ञानको पुस्तक हौं । आँखाले देख्न नसक्ने विशाल आत्माको बाटो हौं । त्यसैले तिमी
राष्ट्रको सुरक्षा हौं । हिफाजत गर्ने हिमरेखा हौं । हिमयुगदेखि आजसम्म न्यायको लागि बोल्ने हिमायती हौं । त्यसैले युगकवि भन्छन्
उच्च कौसीमा चढी हेरें तँलाई
स्वच्छ गौचरमा घुमी हेरें तँलाई
शैलका थुम्को चढी हेरें तँलाई
हेर्छु जति, उति बढ्छ इच्छा हेर्नेलाई ।
मान्छहरू निद्राबाट ब्यूँझन थालेको छन् । जागरुक भएर आ–आफ्नो हक हितको कुराहरू जागरण कालमा खोज्दैछ । राम्रो नराम्रो,मीठो नमिठो , हिजो जाउलो खाएर पनि आज भविष्यको बाटो कस्तो हुनु पर्दछ भनी निर्कौल निकाल्दैछ । राम्रोको लागि नराम्रो नहोस् भन्नाका खातीर मान्छे–मान्छेमा सु–संस्कृति र सभ्यकाल खोज्दैछ । हो, मन गगनबीच खाली खाली केवल मौनतामा हिजोदेखि आजसम्म त्यो हिमगिरि किन चुप लागेर बसेको हो ?
पर्वत विशाल छ । महान् छ । अटल छ । युगौं युगको इतिहास बोकेको छ । त्यसैले होला यो संसारमा धेरै कालखण्डहरूलाई नजिकैबाट नियालेर हेरिसकेकोले आजसम्म मौनव्रत लिई चुपचाप बसिरहेको छ ।

जागरण आपैmमा राम्रो हो । सृष्टि सु–संस्कृतिको आभास हो । सभ्यताको परिचय हो । विकासको आधार हो । भालि फुल्ने आजको टुसा हो । नयाँ सुनौला किरणको पुञ्ज हो । त्यसैले आफुमा आउनुपर्छ यो कालखण्डको माग हो । ति मानवको लागि नभई नहुने हिमाल जस्तै जिउनको लागि अटलविश्वास हो ।
तसर्थ हिजो आज हिमाल मन छयात्रामा थुपै कालहण्डहरू पार गरिसकेको छ । आफु मेटेर अरूलाई सेवा गर्ने उनको बानी छ तर हिमाल बोल्नु पर्छ । मौनतामा मात्र होइन आपूmले भोगेका कुराहरू सुनाउनु पर्छ । आँखा भएर पनि आपूmले देखेको कुरा भावी सन्ततीहरूलाई अर्ती दिएर सुमार्गमा हिँडाउन सक्नु पर्दछ ।

जागरणको काल हाम्रो, खुब राम्रो
जो मनोगगनबीच खाली देख्दछु म,
भित्र राखी त्यो सुसंस्कृत सभ्यकाल,
मौनता यो किन लिएको हे हिमाल ?

त्यो निलो नभमा के छ र सधैं हेर्नेलाई ? खै म तः केहि देख्दिन् । तिमी एक्लै किन टोलाइरहेछौं । मानौं त्यो निलो नभभित्र कालखण्डको इतिहास मात्र पढेर प्रेमको उत्थान र जगको मुहान खोज्दैछौं ? सत्य के हो ? असत्य के हो ? दूधको दूध पानीको पानी छुट्याऊन मौनताको सत्यलाई पिएर तिमी जति बसे पनि अरुलाई के थाहा हुन्छ र ? त्यसैले तिमीले भन्नुपर्छ सबैको अगाडी मौनताको भङ्ग खोल्नु पर्छ । आँखाले मात्र होइन अब त मुख खोलेर सत्यको परिचय दिनु पर्दछ ।

भनिन्छ नील नभ समुद्रको छायाँ हो । छायाँभित्र राम काहानीको कथा छ । कहिले घाम कहिले पानी सबैले आ–आफ्नो ब्यथा पर्दछ थाहा छैन, प्रेमको उथान कसरी हुन्छ जगको मुहान हामीले खोजनुपर्दछ । हिमाल झै सुन्दर शान्तविशाल भएर पनि मौन ब्रत लिएपछि प्रेमको उथन वा जगको मुहान हामीले कसरी पाउन सकिन्छ ।

त्यसैले प्रेम नभ भन्दा विशाल छ । समुन्द्र भन्दा गहिरो छ हिमाल भन्दा अग्लो छ हिमाल भन्दा अग्लो छ जमीनमुनि पातालभन्दा तल छ हामीलाई थाहा छ यो सुन्दर संसारमा जग बिनाको घर कहाँ रहन सकिन्छ र मनको ब्यथा मनमा राख्ने कसको मनमा को छ हामीले कसरी थाहा पाउन सकिन्छ र त्यसैले यो भबसागरको भुमरी भित्र को छ के छैन त्यो त आ–आफ्ले भोगेको कुरा बताए पछि मात्र थाहा पाउने कुरा हो ।

नील नभको भित्र के के देख्दछस् तँ—
प्रेमको उत्थान या जगको मुहान ?
सत्य के हो त्यो मलाई लौ बता न,
मौनता नै सत्यको माने नठान ।

सत्यलाई आगोमा पोलेर हेर्नु पर्दैन । किनकि सत्य आगो हो । अथाह समुन्द्रको पानी हो । हिमगिरिको हिमाल हो । दिन र रातको संगम हो । त्यसैले तिमीले सत्य के हो बोल्नु पर्छ । चाहे विश्व थर्केर किन नहलियोस् । चूर्ण चूर्ण भई टुक्रा टुक्रा किन नहोस् । न्यायको लागि अरु केहि वास्ता गर्नु आवश्यक छैन चाहे आकाश नै यो धर्तीमा खसे पनि ।
बस्तु नासिनु स्वभाविक हो । टुटेर जानु समयको माग हो । यो ब्राम्हाण्डमा के के भैरहेको छ भनी गन्ती गर्नु कठिन काम हो । त्यसैले हामी ठूलो र सानो होइन, राम्रो र नराम्रो होइन, सबैलाई एकनाशले हेरेर सत्यको मार्ग खोज्नु पर्दछ ।
प्रिय हिमशिखर, कतै आगो बलेको बेला तिमी पानी बनेर निभाउँनु सक्नुपर्दछ । कतै पानीको भेल बग्दा तिर्खा लागेको मान्छेले जस्तै पिउन सक्नु पर्दछ । त्यसैले तिमी सत्य हौँ । सत्य भएर तिमी अजर र अजय छौं ।

बोलिदे मेरो पियारो हे हिमाल,
विश्व थर्कोस्, चूर्ण होस् वास्ता नराख,
नासिने यो विश्वको गिन्ती छ के र ?
उच्चताको, स्वच्छताको स्रोत छाड ।

हिमाल विशाल छ । विशाल भित्र धेरै कुरा लुकेको हुन्छ । लुकेको कुरा खोज्नको लागि हामीले धेरै परिश्रम गर्नुपर्छ । मानव जीवनका लागि मार्गदर्शनका कुराहरू पाउन हामीले हिमालसँग धेरै कुराहरू सोध्नुपर्छ । समयको अन्तरालसँगै एकदिन हिमालको मन पग्लेर विश्व जगतलाई अवश्य पनि उदारको काम गर्नेछ ।

प्रकासित मिति २०७७–६–१७

फेसबुकबाट तपाईको प्रतिक्रिया