सिद्धित्व पुरुष युगकवि सिद्धिचरण श्रेष्ठ र वसन्त कविता

स्वयम्भू शाक्य

समय परिवर्तनसँगै आज बोट–बिरुवाहरूमा नयाँ पालुवा पलाउन थालिसकेको छ । न चिसो न तातो सजिवहरूलाई मुस्कुराउँने वातावरण बनिसकेको छ । मन्ध मुस्कानले पवन पनि चञ्चल भएर यताउता डगुर्दैछ । निर्मल निश्चल त्यो निलो नभ पनि आज दिल खोलेर हाँसिरहेको छ । चराचुरुङ्गीहरू पारिलो घाममा बसी आ–आफ्नो मनका कुराहरू पोख्दैछन् । सृष्टिका मुहानहरू खुलेर होला यो भवमा हरियाली छाउँदैछन् । त्यसैले रमणीय लागेर होला आजको दिनमा सुन्दर जताततैं पोखेर रमाइलै रमाइलो छ । मुखले बोल्न नसके पनि सबैको मनमा खुशी छ । वसन्तले राज्य चलाएर होला राम्रो, मीठो, सुकिलो अनि हरियो भएर हाँसीखेली खुशी भएर सबैको दिलमा पोखिएकै छ ।
रात झमक्क परिसकेको छ । शैशिरलाई निद्रा लागेर आज सुत्न गैसकेको छ । पालो फेर्न वसन्तले आँखा खोलेर दुनियाँलाई चकित पार्न खोज्दैछ । लाग्छ यो संसारमा सबैभन्दा रमाईलो हरियो रहेछ । हरियो भरिलोले यो संसारलाई जाग्रीत पार्न खोजिएको छ । सोच बिचारमा परिवर्तन गरेर मानसिक, शक्ति र प्रज्ञाले मनुष्यलाई फेरी एकचोटी आँखाको ढोका खोल्दैछ ।
सुन्दर आपैmमा मनमोहक छ । त्यसैले मनुष्य सुन्दरताको पछि लाग्नु स्वभाविकै हो । सानोदेखि ठूलोसम्म सौन्दर्यको रसपान गर्न सबै लालायित हुनु वसन्तको नियम हो । सम्झनाले होला हिज्जोका दिनहरू आज जस्तै लाग्न थालेको छ । धमिलो अतीतका पानाहरू किन हो कुन्नी एकाएक सफा हुन थालेको छ । दुबो जस्तो मन लिएर पनि हिँड्नैं नसक्ने त्यो मेरो बाल्यकालको कथाभित्र थुप्रैं वसन्तहरूले गोलमेल गरिसकेको छ । जीउनका लागि आमाको दूध पिएर रमाई रमाई प्रेम, माया र स्नेहमा थुप्रै दिन खेलेकै हो । तर के थाहा त्यो अन्जान अवस्थामा मैले पेटभरी खाए पनि मेरी आमा–बाबुले के खानु भो भनी कहिल्यै पनि सोध्न जानेन् । कति दुःख र कष्ट सहेर मलाई हुर्काए पनि मैले कहिल्य पनि आमा–बाबुको आँखामा आँशु देखिएन् ? लाग्छ यो घाम–पानीको जिन्दगीमा अरु ऋतुहरूलाई बिर्सेर मैले किन वसन्तलाई मात्र सम्झे होला ? राती निद्रा लागेर होला रातभन्दा दिनलाई किन महत्व दिएँ होला ? त्यसैले मलाई यस्तै लाग्न थाल्छ निश्चय नै बाल्यकाल हिमालबाट झरेको पानी हो । रविको उदयसँगै शुप्रभातको बिहानी हो । सफा सुन्दर कतै कालो नलागेको सेतो कागज हो । बागभित्र फुल्न लागेको सुन्दर पूmलको मुना हो ।
सम्झनै सम्झनामा हिज्जोका ती अतीतका पानाहरूलाई पल्टाएर हेर्दा त्यो बाल्यकालभित्र थुप्रै वसन्त उडाईसकेकोे छ । कहिल्यै काहिँ अतीतका पानाहरू बन्द गर्दा सूर्य पनि अस्ताउँन खोज्दैछ । किनहोला ? यो जीवनमा के हुने होला ? छलकपट गर्न नजान्ने त्यो चोखो मनभित्र गुलाफको पूmल किन झर्छ होला ? कसैको मनमा गुलाफ बिना काँढै काँढामात्र किन हुन्छ होला ? त्यसैले म चाहन्छु । हिलोमा फुल्ने कमलको पूmल जस्तो फक्रिदिए हुन्थ्यो । वसन्तले सबैलाई छोएर हरियाली बनाई दिए हुन्थ्यो । पापी मन त थिएन त्यो बाल्यकाल, ईश्वरले पनि किन काखा र फखा गर्न खोज्छ ? दुई दिन जीउनका लागि पनि मान्छे मान्छेमा किन भेदभाव गर्छ ? त्यसैले हे ऋतुराज वसन्त तिमीले सबैको मनमा हरियाली छाई देउन् । पापीहरूको मनबाट कालो र मैलो सधाका लागि पाखालिदेऊन् । स्वच्छ र निर्मल दाग विनाको तिमीले मान्छे बनाई देऊ । दुःख मोचनको लागि भए पनि तिमीले मार्ग खोलिदेऊ ।
सु्न्दर हे ऋतुराज वसन्त
शैशिरको स्थिति भो अब अन्त
बालखकाल फिरीकन आयो
निश्चय के कि वसन्त उदायो ।
जता हे¥यो त्यतै राम्रो भएर होला यो लोकमा आज तिम्रै गुणगान गाउँदै छ । गुलियो, मीठो, स्वादिष्ट भएर होला आज थपीथपी तिमीले पकाएको खाना खान्दैछ । हिजोसम्म दुब्लो पातलो भई हुँर्किन नसकेका सजीवहरू आज हलक्क बढेर बलिया भएका छन् । सौन्दर्यको स्वाद लिन लोभिएका आँखाहरू आज अघाउँजेलसम्म हेर्दैछन् । तिम्रो आगमनले वन, पाखा र डाडाँहरूमा पनि नयाँ उमंग छाउँदैछन् । पशुपन्छीहरू पनि उन्मुक्त भएर आज चौरिन पाइरहेका छन् । बाजागाजा चाहिँदैन त्यसलाई कोईलीको स्वरै मीठो छ । हावा चल्यो मन्ध मुस्कानले पातहरू नाच्दैछन् । झरनाको मीठो पानी झरझर किन गाउँदैछ ? कलकल बग्छ नदी र नाला संगीतमय् बन्दछ । हेर्न लायक यो कस्तो ऋतु कर्णप्रिय लाग्दछ ।
प्राणीहरूको स्वभाव न हो । प्रेम, माया र स्नेह पाएपछि यो मनमा टुसा पलाउँनु स्वभाविक हो । सहयोगका हातहरू धेरै भएपछि चाँडै काम फत्य हुनेछ । त्यसैले वसन्तले यौवन दिएर होला रुखहरू झक्कमक्क भएर बैश पलाउँदैछ । जङ्गलमा पनि शुभ साइत भएर होला आज मंगलधुन बजाउँन थाल्दैछन् । यो त शुभ र सौभाग्यको कुरा हो । जगतलाई हँसाउँनका लागि वसन्तको ठूलो देन छ । त्यसैले यो संसारमा जीवन सुखमय होस् भन्ने चाहनाले पलपलमा सबैले कामना गर्नु स्वभाविक छ । सुख र शान्तिलाई पन्छाएर हेर्ने हो भने यो संसार निरर्थक र निरस छ । नुन विनाको परिकार जस्तो, पानी विनाको प्यास जस्तो, केवल बाँच्नु भनेकैं मृत्युलाई कुरेर बसे जस्तो सबथोक बेकार जस्तो लाग्न थाल्छ ।
यो त संसारको नियमै हो । गुणीलाई गुणिलो भनी गुणगान गर्नु हामी सबैको कर्तव्य हो । निरस भएर बाँच्नेहरूको मुहारमा हाँसो दिनु वसन्तको धर्म हो । रगतको अभावमा मृत्युसँग लडिरहेका सजीवहरूलाई पुनः रक्तसंचार गर्नु उसको काम हो । सुखीमय् जीवन बिताउँनका लागि सुख र समृद्धि बरदान दिनु उसको महानता हो । त्यसैले वसन्त खुशी हो । अन्यायहरूका लागि न्याय हो । बिरामीहरूका लागि औषधी हो । निभ्न लागेको बत्तीको लागि तेल हो । अध्यारोलाई भगाउने उज्यालो हो । संसारलाई रमणीय बनाउँने ईश्वर हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई पनि वसन्त ऋतुप्रिय हुनु स्वभाविकै हो । आफ्नो आँखाले मात्र होइन मनको आँखाले पनि सुन्दर, शान्त र सौदर्यताको

आशा गर्नु मानवीय धर्म हो ।
देख्दछु लोकभरी गुण तिम्रो
हेर्छु जता छ उतैतिर राम्रो
वृक्षहरू सब छन् झकमक्क
जङ्गल मङ्गल भो अब बल्ल ।
यो संसार हरियो चउँर हो । निलो आकाश चन्द्र र सूर्यको मार्ग हो । कालो र निलो थरीथरी रङ्गको समुन्द्रको पहिचान हो । आगो बाल्दा तातो हुनु त्यसको धर्म हो । त्यसैले निरस, पटझर अनि चिसोलाई हटाउँन वसन्तले आकाशमा ढाँकिएका बादललाई एकमुठ्ठी पारेर यो धर्तीमा पारिलो घाम दिन बाटो खोलिसकेको छ । पटझर भई नाङ्गो देखिने ती रुखहरूलाई आज वसन्तले हरियो लुगा लगाई सुन्दर पल्लबी बनाई सकेको छ । निरस अनि सुक्न लागेका जिन्दगीलाई आफ्नै काखमा राखी रसपान गराई सौन्दर्य प्रदान गर्दैछन् । त्यसैले लतालतामा अनि वृक्षहरू कलिला ती नवजात शिशुहरूको जन्म हँुदैछ । शिशिरलाई बिदा दिएर वसन्तको आगमनले समस्त धर्तीमैं खुस र शान्तिले छाउँदैछन् । हामीलाई थाहा छ, सद्गुण आपैmमा राम्रो हो । दुर्गुणलाई सधाका लागि अन्त्य गर्ने उसको बानी हो । जगत उद्धारका लागि आपूm मेटेर पनि अरूलाई सेवा गर्नु वसन्तको धर्म हो । त्यसैले शुभ–लाभको यो क्षणमा श्रेयकर भएर होला आकाश र धर्तीको मिलनमा इन्द्रेणीलाई पैँचो माग्न खोज्दैछ । हानी नोक्सानीलाई कुचो लगाउँन, नानाभाती दोषहरूलाई पाखा लगाउँन, आज वसन्त जादुगर बनेर सुन्दर, मनोहक अनि प्रिय बनेको छ ।
यो कुरा सत्य हो । समयले खोलालाई बगाईरहेको छ । चिसोले तातो मागिरहेको छ । धूँवाले आगो सल्काउन खोज्दैछ । गुणीले बैगुणीलाई पाठ सिकाईरहेको छ । त्यसैले समयचक्र न हो, शुरुले अन्त्यलाई खोजिरहेको छ । अन्त्यले शुरुलाई हेरिरहेको छ । यो भवसागरमा जन्म नै मृत्यु हो । मृत्यु नै आत्मशुद्धीकरण हो । आत्मसन्तुष्टीका लागि मुक्ति पाउनु ठूलो कुरो हो । भनिन्छ, कसैको यात्रा लामो छ । कसैको यात्रा छोटो छ । तमाम दोषहरू हामीहरूले नदीमा बगाउनु छ । शुद्ध, स्वच्छ र निर्मल बन्नका लागि वसन्त भैंm परोपकारी हुनका लागि हामीले आपूmलाई हराउन सक्नुपर्छ । आपूm–आपूmभित्र दीयो बाल्न सक्नुपर्छ । त्यसैले नदीको किनार जस्तै बगरको ढुङ्गा जस्तै ढुङ्गामा लेऊ लाएर के भो ? ओसिलो छ भनी हामीले बुझ्नुपर्छ । अब त साँझ पर्न लागिसक्यो । चराचुरुङ्गीहरू पनि निदाउनका लागि आफ्नै घरतिर लागि सक्यो । रात पर्न लागेकोले होला भोलिको लागि नयाँ विहानीको खोजी हुन थाल्यो ।
छन् जति वृक्ष लतादि समस्त
सुन्दर पल्लबले गरि मस्त
सद्गुण केबल छाडी प्रशस्त
दोष तमाम भयो अब अस्त ।
पर्वतमा पर्वत नन्दिनीको बास भएर होला पर्वत शीलपूर्ण छ । गंगाजल जस्तै उसको मन शुद्ध र चोखो छ । पर्यावरणले मन लोभ्याएर होला हामीले सोचेको भन्दा बेग्लै छ । खोजेको भन्दा अर्कै छ । कहिल्य नसकिने हेर्दा हेर्दै कहिल्य नथाक्ने उसको मनभित्र चोखो माया छ । अग्लो भएर होला प्राणीहरूको दिन चर्या सम्झेर न उसले कहिल्यैं प्राणी हिंसा गरेको छ न कहिल्यै नराम्रो सोचेको छ । अरूबाट आजित भएर आफ्नो मनलाई जन्मेदेखि शुद्ध पारेर मानव सेवामा समर्पित छ । आज मात्र होइन् यो संसार विलय नभएसम्म उसको अठोट ढुङ्गा भैंm अटल छ ।
आज पर्वतमा बसेर कोकिलले मीठो स्वरले गीत गाउँदैछ । काफल पाक्यो चराले काफल पाकेको खबर दिँदैछ । मैनाचरीले अर्काको नक्कल गरेर मनमनैं खुशी बाँड्दैछ । पशुहरूले मन लाग्दो ठाउँमा चौरिएर घाँसपात खोज्दैछ । पन्क्षीहरू आफ्नै भाषामा चिरीबिरी चिरीबिरी कुरा गर्दै वर्षभरीका उमंगहरू पोख्दैछ । त्यसैले पर्वतमा आज रमाईलो छ । वसन्तको दृष्टि पुगेर होला फेरी एकचोटी नव दुलही भैंm बनेको छ ।
यौवनले उन्मुक्त भएर सबैको मनमा वैश फुल्दैछ । वैश खुशीको क्षण हो । मन परेपछि मुटुको टुक्रा हो । सबै आप्mनो भएपछि पराई र बिरानो कहाँ हुन सक्छ र ? माया प्रीतिमा मुटु पग्लेपछि अरु के चाहियो र ? बरु ढुङ्गा पग्लिन सक्छ । यौवनले मस्ती भएको बेला आँखाले कहाँ देख्न सकिन्छ ? माया सुगन्धित र सुन्दर भए पनि कहिले काहिँ ओझेलमा पनि पर्न सक्छ । यो संसारको नियम हो । जहाँ कोही छ, त्यहाँ कोहि नहुन पनि सक्छ । सत्य असत्य बनेर, असत्य कहिल्य काहिँ सत्य बन्न सक्छ । के थाहा जगतगुरुलाई सोध्नु पर्छ । नखाएको विषले पनि कहिले काहिँ मान्छे मर्न सक्छ । भूमरीमा परे पछि गोधुलीसंगै मान्छे कता कता हराउन सक्छ । लाग्छ यो जिन्दगी पञ्चतत्वले लठ्ठ भएर सुन्दर पल्लवनैं शुन्यबाट पलाएको अस्तित्व हो । धकमक्क धाकेर गुणैं गुणले भरिएर दोषहरू सबै अन्त्य भए पछि मनमा अखण्ड बत्ती बाल्नु स्वभाविकैं हो ।
पर्वतमा पनि झन् यस्तै छ
दुर्गुण चाल कतै पनि छैन,
पञ्चम शब्द गरी भइ लठ्ठ
चञ्चल कोकिलले मन हर्छ ।
ज्ञानीहरूको मनमा दिब्यज्योति बलेर होला शीर झुक्याएर अरूलाई सधैँ आदर गर्न खोज्छ । लटरम्भ फलहरू फलेका रुखहरू हेर शीर निहुँराएर सधैं बस्ने गर्छ । त्यसैले यो बागभित्र बागविषे पनि निहुरेर होला लता–लताहरू पनि हरियो भरियो भएर आ–आप्mनै स्वभावमा दिन चर्या बिताउन थाल्दैछ । शुभ–प्रभात सधैं नित्यकर्म गरेर मंगलै मंगलको स्त्रोतिगान गाउँन खोज्दैछ । राम्रो अनि शुभ होस् भन्नाका लागि, जीवन सत्कर्ममा लागोस् भन्नाका लागि, सूर्य भैंm चम्किलो भएर विना भेदभाव प्रकाश छर्नका लागि, निरन्तर बग्ने नदी जस्तै बग्नका लागि, आप्mनै कर्ममा मात्र विश्वास गर्नका लागि जताततै पूmलहरू फुल्नका लागि, मायाको सौगातले स्वागतम् गर्नका लागि, दया र मायाले दुःखेको घाऊमा मलम लगाउनका लागि आज रङ्गी बिरङ्गी पुष्पहरू फुलिरहेका छन् । सुगन्धैं सुगन्धले मन प्रफुल्ल भैरहेका छन् । त्यसैले उपकारी मनको स्वभावले होला, करुणै करुणाको आँखाले होला, तराजुमा न्याय निसाफ जोखेर होला, सत्य र असत्य छुट्टिएर होला आज सत्यको पल्लाभारी छ । त्यसैले मंगलै मंगलले सबै कुरा मंगल भए पछि, शुभैं शुभले सबै कुरा शुभ साइत पाएपछि मन खुशी भएर चञ्चल हुनु स्वभाबिकै हो । धर्तीमा बसेर त्यो निलो गगनमा मन दुलाए जस्तै खुशीले दुःखलाई कुचोले बढारे जस्तै, आज तिमीलाई स्वागत गर्नका लागि आँखाले देख्न नसक्ने गरि पुष्पै पुष्प बिछ्याई सकेको छ । प्रिय आउने बहानामा यो मन सबै तिम्रो बाटोमा ओछ्याई सकेको छ ।
बागबिषे निहुरेर लतादि
नित्य गरीकन मंगल भारी
स्वागत गर्छ प्रिय तिमीलाई
पुष्पहरू कन फुल्न लगाई ।
नदी चञ्चल भएर होला, ऊ थकाई मारेर कहिल्यै बस्दैन । चकचके उसको स्वभाव भएर होला, उसलाई कहिल्य पनि बाटो छेक्न सक्दैन् । परोपकारी मन भएर होला तीर्खा लागेकाहरूलाई प्यास मेटाउँन सधैं तयार हुन्छन् । आ–आप्mना गौरबका गाथाहरू भएर होला, बग्दा बग्दै गंगासागरमा बिलिन हुने गर्छन् । त्यसैले भन्ने गरिन्छ, जिन्दगी नदी हो । कसैको कुरा नसुनी निरन्तर आप्mनै धर्म र कर्ममा लाग्ने उसको स्वभाव हो । न भेदभाव गर्छ न अरुलाई दुःख दिन खोज्छ । आप्mनै बाटोमा किनार छियाछिया भए पनि चुपचाप सहेर बग्न खोज्छ । सुनपानी जस्तो चोखो मन भएर होला, गहिराईमा पुग्दा बालुवा र ढुङ्गा पाएर होला, गौरबको गाथा बोकी युगौंयुगदेखि निरन्तर कलकल बगेर टाढा टाढा दिन–रात नभनी गन्तव्यतिर लागेर होला आप्mनो अस्तित्व आपैmले बचाई राखेको छ । नदी र नालाहरूले गतिशील यो संसारलाई आप्mनै परिचय दिँदै आइरहेको छ । ठूलो र सानोको के कुरा आज सबैको हृदयमा आगो लागेको छ । कोही आगो निभाएर दिगन्तसम्म हिँड्दैछ । कोहि आगो लगाउँदै दिगन्तसम्म हिँड्न नपाउँदै खरानी भएर जाने छ । त्यसैले हामीले आँखा चिम्लेर हेर्न सक्नु पर्छ । हृदयभित्र के के भैरहेको छ भनी बुझ्ने कोशिस गर्नुपर्ने रहेछ । नत्र के भो र ? बालुवामा पानी सुके जस्तै आपैm पनि सुकेर जाने छ । अर्थहिन भएर सदाका लागि औचित्य समाप्त हुनेछ ।
भनिन्छ, क्षितिजले आकाश र धर्तीको मिलन गराउँदोरहेछ । त्यो दिगन्तभित्र हामीले नदेख्ने गरी के के हुन्दो रहेछ हेर्नु बाँकी नै रहेछ । चन्द्रमा जस्तो गोलाकार इन्द्रेणी भएर होला यो धर्ती र गगनको सम्वाद भैरहेको छ । तिमी चाँदीका बादलहरूलाई पन्छाएर हेर म तिमीभित्र समाहित भएर वसन्त जस्तै ढकमक्क पूmल फुल्नेछु । तिमी मलाई मात्र हेरी बसिदेऊ म यो धर्ती प्रलयकाल नभएसम्म तिम्रै भएर बसिरहने छु । तिमी आमा भएर यो जगतलाई समालि देऊ । म पिता बनेर तिमीहरूकै संरक्षण गरिरहने छु । म खुशी भएर रोएको बेला तिमीले असार पन्ध्र भनी धान रोप्न लगाई देऊ । म खुशी भएर निलो वर्णमा बस्न खोज्दा तिमीले धान काट्न लगाई दशैं र तिहार मनाई देऊ । तिमी हाँसीखुशी बाँच्नु छ भने दुई दिनको लागि आँशु लुकाई देऊ । त्यो क्षितिज भन्दा पर के छ भनी हेर्नका लागि हामी दुबैको आँखाले मात्र हेर्न सक्छौं । त्यसैले मभित्र तिमीलाई अटाउन खोज्दा तिमीभित्र म पनि अटाउन सक्छु । दुईटा मुटु एउटै हुँदा सुन्दर सपना देख्न सक्छौं । तिम्रो आज सुत्ने पालो, म भोलि सुत्दा तिमीले हेरबिचार गर । हिँड्दा हिँड्दै जिन्दगीमा कतै थकाई लागे क्षितिजमा बसी तीर्खा मेट्ने गरी हामी कुरा गरौंला । दिगन्तले सकेसम्म शोभा बढाएर होला यो धर्तीमा आज निगाहाको कुरो चलिरहेछ । लतैलताले भूई हरियो भएको बेला नदी र नालाहरूले यो धर्तीलाई सिञ्चित पारिरहेछ । म त के गर्न सक्छु र ? एक्लो जीवन बिताई रहेछु । ढुङ्गा र माटो सम्झेर होला मन मनैं पर्खाल बनाई रहेको छु ।
चकचक चारु नदी नद सारा
गौरबसाथ बधीकन टाढा
दिन्छ दिगन्त सकेभर शोभा
यो सब हो तिमीलाई निगाहा ।
मनमा खुशी भएपछि, मनमा उमंग छाएपछि फुर्ति बढ्नु स्वभाबिकै हो । अलिकता घाम पाए पछि, अलिकता पानी पिए पछि मीठो भोजनले आत्मसन्तुष्ट हुनु स्वभाविकैं हो । मन प्रफुल्ल भएर गुलाफको पूmल फुले पछि, मन हलुको भई गगनमा उडेर गएपछि चाहे स्वर्ग नैं किन नहोस् पारिजातले आप्mनो धर्तीलाई नबिर्से पछि, मन चौडा भएर होला हिलोमा पनि कमलको पूmल फुले पछि, वसन्तलाई धन्यवाद नदिई कहाँ बस्न सकिन्छ र ? त्यसैले होला सज्जनको मनले कसैलाई दुःख नहोस् भनी सोचे पछि राम्रो बाहेक कहाँ नराम्रो हुन सक्छ र ? दया र मायाले एक अर्कालाई हेरे पछि दुःख कहाँ यो धर्तीमा बस्न सकिन्छ र ? कालोलाई सेतोले पोते पछि, अन्धकारमा बत्ती बलेपछि यो धर्तीमा उज्यालो हुनु स्वभाविकै हो । रात नपरुन्जेलसम्म, दुर्जनलाई समयले नपखालेसम्म, कलुषित भावनालाई स्वच्छ मनले नसिकाएसम्म चेतनाको ज्योति कहाँ पैmलिन्छ र ? नबुझ्नेले बुझेपछि, बुझ्नेले अरुलाई सिकाए पछि ज्ञानको ज्योति त्यसै बलेर आई हाल्छ नी ? त्यसैले मन चङ्गा भएको बेला फुर्तिले यो छाती आकाश भैंm पैmलिएको बेला यो संसारै मसँगैं हाँसिरहे जस्तो लाग्छ । खुशीले उन्मुक्त भएर वसन्तले हरियाली छाएर होला यो संसारमा जिउँनुको मज्जा अर्कै रहेछ । भनिन्छ, दुर्जनले पानीमा विष हाल्न सक्छ जताततैं हावा पनि प्रदुषित पार्न सक्छ अरु त के कुरा उसको नयन पनि मान्छेको लागि कहिले काहिँ तीर बन्न सक्छ । त्यसैले दुर्जन हानीकारक छ । प्राणीहरूका लागि आँखाको कसिँगर हो । सफा सुग्घर पारेर फाल्नु पर्ने फोहोर हो । सूर्यलाई छेक्ने कालो बादल हो । अशुभै अशुभको अपकार हो । हानी नोक्सानी पार्ने दुःखको सागर हो । अकीर्ति र अपव्ययको भारी हो । यो संसारको लागि नरुचाउँने कालो मन हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आप्mनो मन उज्यालो पार्नका लागि मनमा एउटा दियो बालेर अन्धकारलाई हटाउन सल्लाह दिन्छन् ।
धन्य तिमी अति धन्य वसन्त
पूmर्ति बढ्यो मन भो खुद दंग
सज्जन गर्दछ लाभ सबैका
दुर्जनले तर हर्छ छ जे जो ।
कसैप्रति मनलोभिए पछि, आशक्ती भई मन डुले पछि यो मन त्यसै रमाईलो हुने नै भो । उत्तमकालमा सुन्दर अनि मनमोहक भएर होला यो आँखामा हाले पनि बिझाँउन नसक्ने बस्तु बनेर आज सबैको दिलमा प्रकाशको पुञ्ज छरेकै छ । मीठो, सबैको मुखमा स्वादिष्ट हुन्दोरहेछ । एक थोपा रस पनि चाटी चाटी खान्दोरहेछ । पेट तृप्त भए पनि मन अतृप्त हुन्दोरहेछ । लोभी जस्तो जति हेरे पनि नपुग्दो रहेछ । वसन्त जस्तो जति फुले पनि नसकिन्दोरहेछ । धन्य मनोहर उत्तम काल बने पछि, उषाको किरणसँगै सुनौलो प्रकाश छर्दोरहेछ । भनिन्छ, धन्य आपैmमा गगन रहेछ । धन्य आपैmमा धर्ती रहेछ । यो संसारमा चन्द्र र सूर्य भएसम्म, यो संसारमा धर्ती र आकाश रहेसम्म धन्यको अर्थ बलवान हुने रहेछ । पुण्य प्राप्त गरे जस्तै शुभ र लाभको यात्रामा हिँडे जस्तै मंगलै मंगलको धर्ती बने पछि हामीलाई के चाहियो र ? धन्य नभनी हामी कहाँ बस्न सकिन्छ र ? राम्रोलाई राम्रो नभनी कहाँ अधर्मी बन्न सक्छ र ? त्यसैले यो कालखण्डको इतिहास हो । नदी बगे जस्तै समयको मागले उत्तमकाल बन्दोरहेछ ।
आखीर परिस्थिति न हो । जालमा माछा फसे जस्तो नखाएको विष पनि लाग्न सक्छ । जहाँ जसरी भए पनि अर्काको अगाडी आपूm नराम्रो बन्न सक्छ । त्यसैले यो संसारबाट परिस्थितिको त्यो महाजाललाई फाल्नु छ । आज कठोर तपस्या गरेर भोलि त्यो महाजाललाई च्याट्नु छ । आगो लगाएर खरानी भएको आकाशलाई देखाउँनु छ । धूँवा उडेर यो धर्तीलाई साक्षी राखी गंगाजलमा खरानी बगाउँनु छ । त्यसैले जाल कसैको लागि पासो हो । हाँसी हाँसी सुली चढाउँने नासो हो । त्यसलाई मात्र बदला लिन सकिन्छ जसले आपूmलाई सुधार गरियोस्, जसले अरुलाई मार्ग देखाओस् । त्यसैले बदला रगतमा होइन, आँखाबाट झर्ने आँशु बनोस् । खण्ड खण्ड भएर भत्किन लागेको घर जस्तो टुक्राटुक्रा भएर अंगभंग भए जस्तै खाली–खाली बनेर क्षणभङ्गुर जस्तो मरुभूमिको पानी जस्तो कतै तीर्खा नमेट्ने प्यास जस्तो के हो के हो भन्न नसकिने चारैतिर आँधीबेरी आए जस्तो । सखाप पार्नका लागि महाजाल फिजाउँदैछ । त्यसैले हामीहरू सबै एक जुट भएर आजको मनोहर उत्तमकालमा महाजाललाई फाल्नु छ । एकटा भित्रको शक्ति देखाउँनु छ ।
धन्य मनोहर उत्तम काल
फारि सखाप ह¥यौ सब जाल
के बदला दिउँ लायक पारी
बस्तु यहाँ क्षणभङ्गुर खाली ।
प्रकृतिलाई हामीले बसमा राख्न सक्दैन । यो आप्mनै हिसाबले चलिरहन्छ । न स्वार्थी छ, न नाता कुतम्बहरू छन्, ऊ त निरन्तर आप्mनै बाटोमा लागिरहन्छ । यो संसार प्रलयकाल नभएसम्म एवंरीतले आप्mनो स्वधर्म निभाइरहन्छ । भनिन्छ, समय बग्नु तपाई हामी वृद्ध भएर जानु हो । वृद्ध विकामी हुन्दोरहेछ । न काम गर्न सक्छ न कसैले उसको कुरा सुन्छ । जिर्न भई मकिसकेको काठ जस्तो, पर्खाल भत्केर ढुङ्गा र माटो छरपस्त भए जस्तो, समाल्न नसकिने अर्थहिन जस्तो यो कस्तो जीवन रहेछ ? अतीतलाई मात्र सम्झेर आपूmले आपैmसँग कुरा गर्नु पर्ने रहेछ । त्यसैले वृद्ध काम नलाग्ने फाल्गु रहेछ । उखु पेलेर फालिएको छोक्रा जस्तो, काम नलागेर कवाडीमा फालिएको सामान जस्तो, पुरानो भई लगाउँन नहुने लुगा जस्तो यो वृद्ध आज बेकामी भएर बाँचेको छ । समय परिवर्तनले वसन्तलाई कहिल्यै पनि वृद्ध पार्न सक्दैन । किनकि वसन्त धैर्यशाली छ । आजम्वरी भई बाँच्नका लागि उसले अमृत पिउने गरेको छ । समयले कहिले पनि छुन नसक्ने गरि समयलाई नै वसन्तले वृद्ध बनाउँने गरेको छ । मान्छेको मन–मस्तिष्कमा बसेपछि, मान्छेको आँखामा टाँसिएर रहे पछि वसन्त कहाँ वृद्ध बन्न सक्छ र ? सधै हरियाली भएर लका जवानीमा जीवन बिताएपछि त्यस्तै कहाँ पूmलहरू ओईलिन सक्छ र ? त्यसैले यो गतिशील संसारमा समयले प्रकृतिलाई बिदा दिनु बाहेक कहाँ सम्बन्धलाई तोड्न सक्छ र ?
प्राकृत रीत बमोजिम हामी
वृद्ध हुनु छ भएर विकामी
धीर वसन्त तिमी तर त्यस्तै
वृद्ध हुँदैन भए पनि जस्तै
आँखालाई मन पर्ने बस्तु सुन्दर हो । एक पटक हेरे पछि पटक पटक हेर्न मन लाग्ने आँखाको चाहना हो । लोभ लाग्दो मोहिनी लगाउँने कहिल्यै नअगाउँने बस्तु हो । त्यसैले सुन्दरतामा रम्य त भई हाल्छ नी । मान्छेलाई मनमोहक पारेर लठ्ठ बनाउँने उसको पहिलेदेखिको गुणलाई हामीले के भन्नु नी ? त्यसैले त्यो सुन्दर र रम्य वसन्तको प्रणम्य भएर भूतलका कविहरूले आज वसन्तलाई धन्य भन्दैछन् । घाँस हरियो भएर होला आजकल यो धर्ती हरियो छ । प्रकृतिसँगै हाँसेर होला मान्छेहरू यसलाई फरियाको उपमा दिने गरिन्छ । त्यसैले वसन्त यो धर्तीमा आएको बेला प्रकृति हरियो वस्त्र लगाएर छमछम नाचेको वसन्तलाई अति मन पर्दोरहेछ । यो आँखाको लागि हरियो भने पछि लठ्ठ पर्नु स्वभावि कै हो । मनमा हरियोले पोते पछि वसन्त भैm सुनगाभा फुल्नु स्वभाबिकै हो । दया र माया अनि परोपकारी भावनाले अर्काको सेवा गरि आनन्द प्राप्त गर्नु मनको कुरा हो । उजाड अनि मरुभूमिमा पनि हरियालीको बस्ती बस्नु राम्रो हो । प्राणीहरूका लागि अनि जिन्दगीमा बाँच्नका लागि आगो र पानीले जस्तै धर्म निभाउँनु ठूलो कुरो हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले यो प्रकृतिलाई हरियो घाँसले फरिया लगाई दिएर सुन्दर अनि रम्य शहर बनाउँन कोशिस गर्दैछन् । भूतलका कविहरूलाई आप्mनो छातीमा अङ्गालो हालेर प्रिय पात्रको रूपमा धन्यवाद दिन खोज्दैछन् ।
भूतलका कविका प्रिय धन्य
सुन्दर रम्य वसन्त प्रणम्य
घाँसहरू पनि ती हरिया छन्
प्रकृति निर्मित यो फरिया हुन् ।
सूर्यले अन्धकारलाई नष्ट पारे जस्तै, घामले चिसोलाई चाँडै सुकाए जस्तै यो संसारमा ओसिलो मनलाई सूर्यले सुकिलो बनाउन खोज्दैछ । एउटा दीयोले हजारौ दीयोलाई बालेर प्रकाशको पुञ्ज हामी पनि बनाउँन सक्छौं । अज्ञानीलाई ज्ञानको ज्योति बालेर सदाका लागि तत्वज्ञान बाँड्न सक्छौं । त्यसैले सूर्य अन्धकारको शत्रु हो । रातमा रमाउँनेहरूको लागि आँखाको कसिङ्गर हो । भनिन्छ, सूर्य समानताको प्रतीक हो । प्राणीहरूका लागि आँखा हो । सर्दिलाई विनाश गर्ने पापीहरूको लागि कालभैरब हो । त्यसैले सूर्य पूर्वमा जन्म भएर पश्चिममा निदाउँने आर्यावलोकेश्वर हो । दीन दुःखीहरूलाई सुख दिने जिउँदो देवता हो । न सानो न ठूलो, न राम्रो न नराम्रो सबैको लागि एकनाशले हेर्ने उसको नयन छ । प्राणीहरूलाई रक्षा गर्ने उसको सधैं बानी छ । त्यसैले सूर्य देखेर अन्धकार भाग्नु पर्छ । दिन देखेर रातले उज्यालो खोज्नु पर्छ । यो त संसारको नियम हो । म मात्र भन्नेहरूलाई इतिहासको कालखण्डले निल्नु पर्छ ।
यो कुरा सत्य हो । कठोर परिश्रमले ढुङ्गालाई पनि पगाल्न सकिन्छ । बालुवा जस्तै कण–कणमा अलिकता पसिना चुहाए पछि पत्रेचट्टान पनि बन्दोरहेछ । त्यसैले आप्mनो नित्यलाई सिद्धित्व प्राप्त गर्नका लागि चिसो र तातो केही नभनी एकहरो चुहेको पानी जस्तो थोपा थोपामा खस्दै आज सत्य मार्गमा लागिरहेको छ । सुगन्ध गोधुलि बनेर यो पवनमा थुप्रै सुवासहरू नित्यकर्ममा जोड्दैछ । आखीर के छ र ? जसरी आयो त्यसरी नै जानु पर्ने यो संसारमा चन्द्र र सूर्य रहेसम्म सत्यको मार्ग रहिरहने छ । स्वासक्त सत्य भित्र पञ्चत्व मात्र बाँकी हुने रहेछ । त्यसैले सूर्यले बोलाई रहेको बेला यो संसार सुकिलो हुनु स्वभाविकै हो । चन्द्रले आँखा ओछ्याई रहेको बेला शीतको थोपाले कहि कतै मन भिज्नु स्वभाविकै हो । नित्यले निरन्तरता पाइरहेको बेला कर्मयोगी हुनु स्वभाविकै हो । तम नै नष्ट भएको बेला संसार उज्यालो हुनु स्वभाविकै हो । त्यसैले यो संसारमा सत्य र असत्यका बीच सधैं शीतयुद्ध चलिरहन्छ । छलकपट मिथ्या कुराहरूले सत्यलाई सधैं कुल्चिन खोज्दैछ । आज कुल्चेर के भो भोलि पश्चातापको आगोले आपैmलाई पोल्ने छ । त्यसबेला सत्य के हो थाहा हुनेछ । समय बितेर सन्ध्याले रात बोलाउने छ ।
सूर्यजीले तम नष्ट गरे भैंm
सर्दि विनाश भयो पहिले नै
नित्य सुवास लिई वहि हावा
सर्दिहरूकन गर्दछ धावा ।
बालक छलकपट विना निश्चल मन लिएर बाँच्दैछ । हिउँ जस्तो, सेतो घाम जस्तो न्यानो, आप्mनै मुटु भन्दा प्यारो ईश्वरको रूप लिएर आज यो धर्तीमा हिँड्दैछ । चञ्चल हुनु उसको स्वभाव हो । हिमगिरिबाट बगेको नदी जस्तो स्वच्छ अनि निर्मल भएर जता मन लाग्यो उतै हिड्नु उसको बानी हो । के थाहा, कहाँ के हुँदैछ ? न मनमा डर छ, न मनमा त्रास छ । बाँच्नका लागि संघर्ष गर्नुपर्छ भन्ने कुरा न उसलाई थाहा छ । भोक र प्यासमा रुनु बाहेक के जानेको छ र ? आमाको काखनै उसको लागि ओत लाग्ने घर हो । न तातो न चिसो आगोले नपोलेसम्म आगोसँग खेल्ने बानी छ ।
समयले भोलिलाई खोज्दैछ । सूर्य निदाएर होला रातले दिनलाई बोलाईरहेछ । त्यसैले यो दिन र रातले बिस्तारै बालकको मनमा अंकगणित बुझाउँन खोज्दैछ । आखीर समय न हो । न्यानो समयले मान्छेलाई सुकिलो बनाउँदो रहेछ । चिसोले मान्छेलाई सर्दि गर्दो रहेछ । यो त समयचक्रको कथा हो । कथाभित्र थुप्रै पानाहरूमा घात प्रतिघातको कुरा छ । त्यसैले यो कुरो बालकले कहाँ बुझ्न सकिन्छ ? बुझ्नका लागि भोलिको आवश्यकता छ । आँखाले कुरा बुझ्न थालेपछि, अर्काको कुरा सुन्न थाले पछि, बल्ल बालकको मन मस्तिष्कमा बिस्तारै संसारको कुरा बुझ्नेछ ।
जीवनमा मान्छे–मान्छे भित्र मित्रता हुनु पर्ने रहेछ । मित्रता सजीबमा मात्र होइन् निर्जिबमा पनि हुन्दोरहेछ । एउटा मान्छे जन्मदेखि मृत्युसम्मको लागि आवश्यकताभित्र सबै कुराहरू पर्दोरहेछ । सहज अनि सद्भावमा जीवन बिताउँनका लागि मित्रताभित्र हामीहरू सबै अटाउँन सक्नुपर्छ । त्यसैले मित्रता एकटाको प्रतीक हो । सुक्न लागेको पूmललाई बिझाउने पानी हो । निभ्न लागेको दीपलाई थपिदिने तेल हो । आगो बाल्नका लागि आगोको झिल्को हो । नदी टर्नका लागि मित्रता नाऊ हो । सुवासै सुवासको बागभित्रको पूmल हो । त्यसैले भनिन्छ, असल मित्रले जीवनमा उद्धार गर्छ । आगो लागेको बेला पानी बनी निभाउँन खोज्छ । जीवन यस्तै रहेछ, माया बिना बाँच्न पनि गाह्रो हुँदोरहेछ । त्यसैले मायाको स्वरूप आमा हो । आमा तिमीले जन्म दिएर यो संसार आज हेर्न पायो । आमा तिमीले माया दिएर यो संसारमा माया के हो बुझ्न पायो । त्यसैले तिमी मेरी ईश्वर हौ । शीरमा बस्ने कुलदेवता हौ ।
चञ्चल बालखको मन जस्तो
धन्य बुझे, सुकिलो मन तिम्रो
यो नर जीवनमा तिमी हाम्रा
मित्र अनि जननी अति प्यारा ।
यो संसारमा समय चक्रसँगै ऋतुहरू उकालो ओरालो लाग्ने गरिन्छ । तर किन हो कुन्नी युगकवि सिद्धिचरण श्रेष्ठको मनमा बाह्रैमास किन हरियो दुबो पलाएको होला ? अचम्म छ, मान्छे दुब्लो पातलो भए पनि किन गगन जस्तो विशाल छाती रहेको होला ? सरस्वतीले आशिर्वाद दिएर होला उसको कलम कहिल्यै ननिभ्ने दीयो जस्तै कालजीवी भई सिद्धित्व प्राप्त गरेको होला ? त्यसैले सिद्धिचरण श्रेष्ठले वसन्त कविताभित्र आप्mनो देशको चित्र कोर्न पाएकोमा खुशी छ । सुख र शान्ति प्राप्ति गर्नका लागि कठोर परिश्रम गर्नुपर्छ भन्ने कुरामा अडिक छ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठ ऋतुराज वसन्तलाई सम्झेर आमालाई हरियो फरिया सुहाएको कुरा गर्दैछ । जताततै लटरम्म रङ्गिबिरङ्गी पूmलहरू फुलेका कुरा गर्दै छ । त्यसैले सुन्दर पल्लबको कुरा किन नहोस्, बालककालको सम्झना किन नहोस्, मंगलै मंगलको कुरा किन नहोस्, चञ्चल कोकिलले गीत गाएको कुरा किन नहोस्, गुणी र दुर्गुणको कुरा किन नहोस्, सञ्जन र दुर्जनको कुरा किन नहोस्, सूर्यले तमलाई नष्ट गरेको कुरा किन नहोस्, बालककालदेखि वृद्धसम्मको कुरा गर्दै आज युगकवि सिद्धिचरण श्रेष्ठले मान्छेको जीवनमा असल मित्र र आप्mनै आमालाई आँखामा राखेर हेर्दैछन् । धन्य त्यो तिम्रो नित्यकर्मले होला मलाई किन हो कुन्नी यस्तै यस्तै सोच्न मन लाग्यो । तिम्रो मन हिँउ भैंm सेतो रहेछ । सागर भन्दा पनि अझ गहिरो रहेछ । आकाश भन्दा पनि अझ ठूलो रहेछ । मानौ यो संसारमा चन्द्र सूर्य रहेसम्म युगकवि पनि बाँचिरहेको हुन्छ ।

प्रकासित मिति २०७७–१२–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया