सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त
काठमाण्डौ १७ कार्तिक २०७९ ।
सि. बि. आई. एल. क्यापिटल लिको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त हुनुभएको छ । श्री श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।
यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि.मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि र मेघा क्यापिटल मार्केट्स लि. मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया