सिभिल ट्याब बैंकिङको शुभारम्भ, घरमै बसि–बसि बैंकिङ्ग सुविधाहरु लिन सकिने

बिजनेसपाटी २१ बैशाख ।
सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि “घरमै बसि–बसि बैंकिङ्ग खुशी–खुशी” भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरुवात गरेको छ । काठमाण्डांैमा वैशाख १९ गते आयोजित एक समारोह बिच मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको उदघाटन गरेका हुन् । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य सहित यो सेवाको सुरुवात गरिएको बैकले जनाएको छ ।

सिभिल ट्याब बैंकिङ सेवा लिन चाहने ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ्ग सुविधाहरु लिन सक्नेछन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ्ग सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने कुरामा विश्वस्त भएको बताए ।
सिभिल बैंकले हालसम्म रु ३६.९६ अर्व निक्षेप परिचालन गरिसकेको छ भने रु.३६.२८ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया