सिभिल बैंक लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत
बिजनेसपाटी ४ श्रावण
नेप्सेमा सिभिल बैंक लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकको ६० लाख १४ हजार १ सय ५२ दशमलब ७४ कित्ता शेयर आज बुधबार सुचिकृत भएको हो ।
सुचिकृत शेयर मध्ये १३ लाख २० हजार १ सय ३६ दशमलव २५ कित्ता बोनस शेयर हो भने बाँकी ४६ लाख ९४ हजार १६ दशमलव ४९ कित्ता हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्सलाई प्राप्ति गरेपछिको शेयर हो । हामा मर्चेन्ट र युनिक फाइनान्सले क्रमश ९० र ८९ प्रतिशतको स्वाप रेसियोमा सिभिलमा गाभिएका हुन। गत असार १८ गतेबाट बैंकले एकिकृत कारोबार थालेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया