सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन
बिजनेसपाटी ११ जेष्ठ ।
सिभिल बैंकले चुक्तापूँजी रु. ८ अर्ब पु¥याउन बुझाएको पूँजी योजना बमोजिम ४०% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २ सय १० दश कित्ता हकप्रद शेयर बिक्रिको लागि जेष्ठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ ।
कुल ३२ लाख २५ हजार ६ सय २० कित्ता शेयरको लागी आवेदन परेकोमा अधिकतम बोली रु १५० र न्यूनतम बोली रु १०० परेको छ । यससंगै बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार तीन सय बैसठ्ठी पुग्ने कुरा बैंकले बताएको छ ।
आ.व. २०७४÷७५ को चैत्र मसान्तसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको, करीब रु.३७ अर्वको निक्षेप परिचालन गरी करीव रु.३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै रु ३५ करोड खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकको कुल शाखा संख्या ६१ पुगेकोे बैंकले जनाएको छ ।
सिभिल बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्तापूँजी पु¥याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया