सिभिल बैंकले ल्यायो साढे ८ प्रतिशत ब्याजको बचत खाता
बिजनेसपाटी ३० भाद्र ।
सिभिल बैंक लिमिटेडले ५ लाख रुपैयाँको ‘नेपाली बचत खाता’ नामको दूर्घटना बीमा सहितको खाता ल्याएको छ। स्किममा बैंकले साढे ८ प्रतिशत ब्याज दर उपलब्ध गराउने छ।
बैंकले बचत खाता खोल्नलाई निशुल्क रुपमा इन्टरनेट बैंकिङ उपलब्ध गराउने छ। साथै एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा समेत उपलब्ध गराउने बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।
खाता खोल्नेलाई दूर्घटनामा परि मृत्यु भएमा परिवारलाई वा अपाङ्गता भएमा ५ लाख रुपैयाँ उपलब्ध गराउने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया