सिभिल बैकले सुरु गर्यो “सभिल स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन”

बिजनेसपाटी ६ बैशाख ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उदेश्यसाथ स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन ल्याएको छ । यस सिभिल स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बील भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न सकिने बैकको विज्ञप्तीमा उल्लेख छ ।
बैंकको हालसम्म २ भन्दा बढी ग्राहकहरु रहेका छन् भने रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी बेकले गरेको छ । बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया