सिरियामा आईएसविरुद्धको कारबाहीमा १६ को मृत्यु

बिजनेसपाटी ३ भदौ

सिरियाको प्रान्तीय राजधानी राकामा इस्लामिक स्टेट्स समूहलाई लक्ष्यगरी बिहीबार गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि १६ जना सर्वधारण मारिएका छन्।  सिरियामा शान्तिवार्ताको कुनै सम्भावना नदेखिँदा केही दिनयता पुनः सिरियाली सैनिकले आईएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही थालेको छ। पछिल्लो समयमा सिरियाली सेनाले कारबाहीलाई सशक्त बनाएको छ।  सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ। बिहीबार भएको कारबाहीमा परी १६ जना सर्वसाधारण मारिएका छन्। तर, सेनाले भने सो कारबाहीमा आईएसका लडाकू नै मारिएका जनाएको छ।  सो हवाई आक्रमणमा ६ बालबालिकासहित १६ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले बिहीबार अपराह्न जानकारी दिएको छ।

यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सिरियामा रहेका मानवअधिकारवादी समूहले कारबाहीका क्रममा सेनाले ज्यादति गरेको पनि बताएको छ।  रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आईएस लक्षित रहेको बताइएको छ। तर, त्यसमा परी आईएसका कुनै लडाकू भने हताहत भएका छैनन्। जिहादीहरूको आक्रमणमा गत शनिबार र आइतबार सिरियाको राजधानी दमासकसमा ४० भन्दा बदी सैनिक मारिएका छन्।  त्यसयता सिरियाली सेनाले पनि आईएसविरुद्ध भन्दै कारबाही गरिरहेको छ। सोमबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया