सिर्जना फाइनान्सले ३२.५ प्रतिशत बोनस सेयर दिने

बिजनेसपाटी १९ कार्तिक

आफ्ना सेयरधनीलाई  सिर्जना फाइनान्सले ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कात्तिक ६ मा बसेको कम्पनीको सञ्चालक समितिको १७७ औं बैठकले ३२ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सले गत आर्थिक वर्षमा खूद नाफामा ५७.९३ प्रतिशतले वृद्धि गरेर १३ करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया