सीओटुको प्रभावले खाद्यान्नमा प्रोटिनको कमी

मियामी (अमेरिका) २४ श्रावण  ।

विश्वव्यापी तापमान वृद्धिसँगै कार्बनडाइअक्साइड (सीओटु)को बढ्दो प्रभावका कारण चामल, गहुँजस्ता दैनिक उपभोग्य कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रा घट्ने सम्भावना बढी रहेको छ । खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका जनसङ्ख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्यु हुने यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनमा विज्ञहरूले चेतावनी दिएका हुन् । अनुसन्धानकर्ताले कार्बनडाइअक्साइडले कसरी र किन कृषि उत्पादनमा रहेको प्रोटिन तथा अन्य पोषण नष्ट गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । तर, यो नै विश्वभरि रहेको जनसङ्ख्याको विनाशको परिणाम बन्ने रहस्य अनुसन्धानले बताएको छ ।

वातावरणमा कार्बनडाइअक्साइडको बढ्दो मात्राका कारण सन् २०५० सम्ममा विश्वभर करीब १५ करोड थप जनसङ्ख्यामा प्रोटिनको कमी देखिने ‘इन्भाइरोन्मेण्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित हार्वर्ड युनिभर्सिटीको अध्ययन प्रतिवेदनमा बताइएको हो । यो समूहले पहिलो पटक विश्वव्यापी तापमान वृद्धिका कारण खाद्य बालीमा रहेको प्रोटिनको परिणाम निर्धारणमा अध्ययन गर्ने जिम्मेवारी पाएको थियोे । उक्त समूहले खुला क्षेत्रमा गरिएको परीक्षणलाई आधार मान्दा कार्बनडाइअक्साइड बोटबिरुवामा बढी केन्द्रित हुने र यसको असर खाद्यान्न बालीमा पनि परेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व पोषण सूचना केन्द्रलाई कार्बनडाइअक्साइडको कृषि बालीबाट प्राप्त हुने पोषण तत्व  माथि पर्ने असर अध्ययन तथा मापन गर्न आधार बनाइएको र अध्ययनले खाद्यान्न बालीमा हुने प्रोटिनको कमीले गर्दा शारीरिक विकास र अल्पायुमा मृत्यु हुने जनाएको होे । यसअघि गरिएका विभिन्न अध्ययनले कार्बनडाइअक्साइडका कारण खाद्यान्न बालीमा आइरन, जिङ्कजस्ता मिनरलको मात्रामा पनि कमी आएको बताएका छन् । रासस/एएफ्पी

फेसबुकबाट तपाईको प्रतिक्रिया