सुन बढ्यो, चाँदी स्थिर

काठमाडौं, फागुन २५, २०८१ । आज (आईतबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य शुक्रबारकै कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी गत शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया