सुनको मुल्य बढ्दो क्रममा, अमेरिकी बजारको आर्थिक सुचकमा देखिएको स्थिरता मुख्य कारण

काठमाण्डौ ८ असार २०८१

यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । अमेरिकी बजारको आर्थिक सुचकमा देखिएको सुस्तता मुख्य
कारण रहेको बिश्लेषकहरुले बताएका छन् । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सामान्य घटेर साताको तेस्रो र चौथो दिनमा
स्थिर रहेको मुल्य पाँचौं दिन र छैटौ दिन उकालो लाग्यो । भारतीय रुपैयाँ कमजोर भई अमेरिकी डलर मजवुत बन्दाको प्रभावले पनि
मुल्य बृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको तर्क छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ् न थालेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २२ हजार
४ सय ३० रुपैयाँ रहेको मुल्य तेस्रो दिन मंगलबार र चोथो दिन बुधबार स्थिर रह्यो । साताको पाँचौं दिन बिहिबार सामान्य बढेर
प्रति १० ग्राम १ लाख २१ हजार ९ सय १५ रुपैयाँ पुगेको मुल्य छैटौं दिन अर्थात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार
बढेर प्रति १० ग्राम १ लाख २४ हजार ५५ रुपैयाँ कायम भएको छ । यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन
शुक्रबार १ हजार ६ सय ५५ रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५
सय ६० रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ९ सय ९९ रुपैयाँ कायम भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया