सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढ्यो


काठमाडौं १ फागुन २०८१ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइ
रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया