सुर्वणपुर बचत तथा ऋण सहकारी संस्थाले मनायो १७औ बार्षिकउत्सव

भक्तपुर १५ अशोज २०८१ ।
सुर्वणपुर बचत तथा ऋण सहकारी संस्थाले आफनो १७आंै बार्षिक साधारणसभा सम्पन्न गरेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ५ मा रहेको सो सहकारी समुदायमा आधारित उत्कृष्ठ सहकारीको रुपमा रहँदै आएको छ । यही अशोज १२ गते आफनो १७ औं बार्षिकउत्सव भब्यताका साथ मनाएको सो सहकारीले सुर्यविनायक नगरपालिकामा छुट्टै पहिचान स्थापित गरेको छ ।


१९४३ जना स्थानीय सदस्यहरु रहेको सुर्वणपुर बचत तथा ऋण सहकारीले सुर्यविनायक नगरपालिका अन्र्तगत वडा नं ४, ५, ६,७ र ८ मा मात्र आफनो सहकारी गतिविधि कायम गर्दै आएको छ । समुदायमा आधारित र जनताले अत्याधिक विश्वास रहेको सो सहकारीको खराव कर्जाको स्थीति ज्यादै नगन्य अर्थात २ प्रतिशत रहेको छ । जुन अहिलेको समयको लागि दुर्लभ समेत हो । हाल १७ करोड ६४ लाख कुल पुँजी रहेको यस संस्थाको १४ करोड निक्षेप संकलन र ११ करोड ६४ लाख कर्जा प्रवाह गरेको छ । आफनो तोकिएको स्थानीय तहका वडाहरु भन्दा बाहिर नगएको र सहकारिताको अन्र्तराष्टिय सिद्धान्त र मान्यतालाई अक्षरस पालना गर्दै आएको यस सहकारीको ब्यवस्थापकको रुपमा रामकुमार बो रहेका छन् । स्थानीय बो समाजमा इमानदार र समाजसेवी छविका मानिन्छन् । उनको निस्कलंक छविका कारण पनि सहकारीले विश्वास आर्जन गर्न सफल भएको छ ।


ब्यवस्थापक राम कुमारका अनुसार आफनो कार्यक्षेत्र भन्दा बाहिर नजाने र सहकारीताको सिद्धान्तमा टेकर अघि बढ्ने भएकोले सहकारीले अहिलेको विषम परिस्थीतिमा पनि कुनै समस्या झेल्नु परेको छैन । उनका अनुसार अहिले सहकारी क्षेत्रमा समस्या आउनुको मुल कारण सहकारीहरु सदस्यहरुलाई ब्यवसायी बनाउने भन्दा आफै सहकारीको रकम दुरुपयोग गरेर ब्यवसाय गर्न लाग्दाको परिणाम भएको उनले बताए । उनले भने ‘सहकारीले आफै ब्यवसाय गर्ने होइन, सदस्यहरुलाई ब्यवसायी बनाउन सघाउने हो । सदस्यहरुबाट उठाएको रकम सञ्चालकहरुले आफैले ब्यवसाय गर्न पाइदैन । तर नेपालमा त्यही खालको कल्चर हुर्केर सहकारी क्षेत्र बदनाम भएको हो ।’
ब्यवस्थापक बोले सहकारी क्षेत्र विस्तारै विश्वासयोग्य भएर तंग्रने दाबी गरे । त्यसमा सरकारको भुमिका प्रधान हुने उनले बताए । बोले सहकारी क्षेत्र कालोधन लुकाउने, कर नतिरेको तथा भष्टाचार गरिएका रकम लुकाउने थलो जस्ता हुँदै गएको प्रति तिन्ता ब्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया