सेञ्चुरी बैंकले पनि सुरु गर्यो सी–आस्वा सेवा

काठमाडौँ
धितोपत्र खरिद गर्न सेञ्चुरी बैंकले फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको छ।

आइपिओ र एफपिओर, राइट शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सञ्चालनमा ल्याएको हो।

ग्राहकले नजिकको सेञ्चुरी बैंकको शाखा तथा केन्द्रिय कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सिआरएन (सी-आस्वा रजिष्ट्रेशन) नम्बर लिन सकिने बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया