सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैंक सेञ्चुरीमा गाभिने

बिजनेसपाटी २६ भाद्र ।
शुक्रवार सम्पन्न सेञ्चुरी कमर्शियल बैङ्कको विशेष साधारणसभाले सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैङ्कलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । सभाले अल्पाइनको १०० कित्ता बराबर सेञ्चुरीको ९३ कित्ता र सेती फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरीको ७० कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई स्वीकृति समेत प्रदान गरेको छ । विशेष साधारणसभा बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो प्राप्ति पश्चात् बैङ्कको चुक्तापूँजी ६ अर्ब हुने बैङ्कले बताएको छ । बैङ्कले १ अर्ब ८८ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने र नपुग पूँजी चालू आर्थिक वर्षको मुनाफाबाट पूरा गर्ने बताएको छ । दुई संस्था गाभिए पश्चात बैङ्ककोे कुल शाखा कार्यालय ९० ओटा हुने जारी विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया