सेयर बजार उक्लियो, दुइ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

बिजनेसपाटी २९ कार्तिक

सोमबार सेयर बजार उकालो लागेको छ।  नेप्से आइतबार २ दशमलब ८३ अंकले बढेको थियो भने सोमबार ६.२८ अंकले बढेर १७०६.२८ को उचाईमा पुगेको छ ।  आज सोमबार  १३१  कम्पनीका ८ लाख ५६ हजार ६ सय ८८ कित्ता शेयर खरिद बिक्रि हुँदा ७८  करोड   बराबरको कारोबार भएको छ । बोनस र हकप्रद दिने चर्चा चलेको एभरेष्ट बैंकको मात्रै आज १२  करोडको कारोबार भएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी,  शिखर इन्स्योरेन्स,  बैंक अफ काठमान्डू लुम्बिनी, सिद्दार्थ बैंक लिमिटेड अन्य बढी कारोबार हुने कम्पनीहरुमा रहेका छन।     आजको कारोबारमा कमाउनेमा नागबेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक, ग्रामिण विकास बैंक, अरुण फाइनान्स, प्रभु इन्स्योरेन्स लिमिटेडका लगानीकर्ता रहेका छन। आज  ग्रामिण विकास बैंक र  अरुण फाइनान्सको शेयर मूल्य १० % ले बढेको छ। त्यस्तै गुमाउनेमा  रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, साझा विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, , एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया