सेयर बजार सामान्य अंकले बढ्यो, हेर्नुस कति कमाए ?

बिजनेसपाटी २५ कार्तिक ।

सेयर बजार आज हरियो भएर बन्द भएको छ । आज  कारोबार अन्तिम समयमा आएर ०.३१ अंकले बढेर बजार बन्द भएको हो। आज दिनभरीमा १२९ कम्पनीका ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । खासगरी बाणिज्य बैंक र होटल समूह केही उक्लिँदा बजार हरियो जस्तो देखिएको हो । आज बजारको  अन्य समूह साढे ८ , होटल ३१ र वाणिज्य बैंक समूह २.२२ अंकले बढेको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनीको आज सबैभन्दा वढि रकमको सेयर किनबेच भएको छ। बैंकको ४ करोड ३१ ला खरुपैयाँको किनबेच भएको छ भने सिभिल बैकको ४ करोड १२ लाख र एभरेष्ट बैंकको तीन करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

निर्धन उत्थान बैंकले सेयर बजार घट्दा पनि आज पौने ७  प्रतिशतले सम्पति वढाएको छ । आजको कारोबारमा बढि घट्नेमा आइएलएफसिओ माइक्रोफाइनान्स, स्वाभलम्बन विकास बैंक लगायत रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया