सेयर बजार स्थिर, हेर्नुस कसले कति कमाए र गुमाए ?

काठमाडौं ५ माघ
बुधबार सेयर बजारमा न्यून अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८१ अंकले घटेर १४६२.२३ अंकमा पुगेको हो।
दिनभरमा १३३ कम्पनीका तीन हजार ११६ कारोबारबाट १२ लाख कित्ता शेयर खरिद बिक्रि भएको कारोबार रकम ३० करोड ९४ लाख माथि उक्लन सकेन ।

ओरालो लागिरहेको प्रभु बैंकको मूल्य ३ रुपैयाँले बढेको छ। बिगत ३ दिनमा प्रभुको मूल्य २० प्रतिशतले घटिसकेको थियो। मूल्य सुधार भएको प्रभुको सबैभन्दा बढी ३ करोड ६३ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ।

सबैभन्दा बढी गुमाउनेले हिमालयन डिस्ट्रिलरीका लगानीकर्ता रहे। हिमालयनको मूल्य १० प्रतिशतले घटेको हो। जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको मूल्य सबैभन्दा बढी ८ प्रतिशतले बट्यो।

कारोबार भएका ८ उपसुचक मध्ये इन्स्योरेन्स ६६.७१ अंक र विकास बैंक ६०.६ अंकले वृद्धि भए। मंगलबार इन्स्योरेन्स उपसुचक सबैभन्दा बढि ओरालो लागेको थियो। त्यसैगरी बैंकिंग, होटेल, हाइड्रोपावर, वित्तीय, उत्पादनमुलक र अन्य उपसुचक ओरालो लागे।

फेसबुकबाट तपाईको प्रतिक्रिया