सेयर बजारका सम्वन्धमा लगानीकर्ताले मागे अर्थमन्त्रीको धारणा

बिजनेसपाटी २० फागुन

सेयर लगानीकर्ताले अर्थमन्त्री युवराज खतिवडाबाट सेयर बजारका सम्वन्धमा स्पष्ट धारणा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सेयर लगानीकर्ता संघले सो धरान माग गरेको हो।

सेयर बजारका सम्वन्धमा बारम्वार नकारात्मक टिप्पणीहरु प्रवाह भइरहनुले बजारमा नकारात्मक सन्देश गएको सेयर लगानीकर्ता संघको  बुझाई छ । निजी क्षेत्रलाई निरुत्साहित गर्दै गए लगानीको वातावरण नबन्ने संघको दावी छ।

सर्वसाधारणबाट पुँजी जुटाएर बनाइएका जलविद्युत आयोजनाबाटै उर्जा उत्पादन भइरहेको, आयोजनामै हजारौंले रोजगारी पाइरहेको भन्दै संघले अनुत्पादक क्षेत्र भनिनुको कारण समेत माग गरेको छ।

संघले अनलाईन कारोवारको शिघ्र संचालन, बजार निर्माताको रुपमा व्यवसायिक संघ÷सस्थालाई पुँजीबजारमा भित्राउन पहल गर्नुपर्ने गैरआवासीय नेपालीलाई पँुजीबजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने, नयाँ ब्रोकर थप्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिनुपर्ने, शेयर धितोमा दिइँदै आएको ५० प्रतिशत कर्जालाई ७० प्रतिशत कायम गर्नुपर्ने, प्राथमिक पुँजी कोषमा २ अर्ब बैंकको पूँजी हुँदा शत प्रतिशत कर्जा उपलव्ध गराइँदै आएकोमा ८ अर्ब पुँजी पुग्दा समेत ४० प्रतिशत कायम भएकोले पुनः शत प्रतिशत गर्नुपर्ने लगाएतको माग पनि गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया