सेयर बजारको वृद्धि अस्वाभाविक
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_728,h_546/https://businesspati.com/wp-content/uploads/2016/08/pur-stock...jpg)
काठमाडौं १४ चैत्र
लामो समयसम्म स्थिर रहेको सेयर बजार पछिल्ला केही दिनदेखि निरन्तर उचालिएको छ। सेयर बजार परिसूचक नेप्से पछिल्लो ६ दिनमा १ सय ५१ अंकले बढिसकेको छ। यसरी बजार बढ्नु स्वाभाविक हो भन्ने कमै मात्र भेटिन्छन्। किनकि चैत महिना सेयर बजारका लागि अफ सिजन मानिन्छ। तर, अहिले प्रकिूल राजनीतिक अवस्था, अर्थतन्त्रका परिसूचकहरु पनि औसत रुपमा मात्रै रहेको तथा अधिकांश कम्पनीहरुको साधारणसभा समेत सम्पन्न भइसक्दा पनि यसरी सेयर बढ्नुलाई स्वाभाविक मान्न नसकिने यस क्षेत्रका जानिकारहरु बताउँछन्। गत सातादेखि निरन्तर उच्च अंकले बढ्न थालेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार पनि बढ्यो। कारोबारमा समाचार छ
गत साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १३८२ दशमलव ३८ अंकमा रहेको नेप्से यो साताको पहिलो दिन आइतबारको ४८ अंकको सुधारपछि कुल १५१ दशमलव ४५ अंकले बढेर १५३३ दशमलव ८३ को बिन्दुमा पुगिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया