स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड
बिजनेसपाटी २५ बैशाख
सोमबार स्टाण्डर्ड चार्टर्ड बैंकले बिक्री गरेको थप नयाँ एफपीओ बाँडफाँड भएको छ । सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलको अनुसार १४० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । सो भन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई १० कित्ताका दरले सेयर वितरण गरिएको छ । तेस्तै १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको छ ।
जसअनुसार १७० कित्ता आवेदन गर्नेले ११ कित्ता र सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया