स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति तय
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_306,h_165/https://businesspati.com/wp-content/uploads/2017/08/standard.jpg)
काठमाडौं ९ पौष ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले बुक क्लोज मिति तय गरेको छ । बैंकको आगामी पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो ।
बैंक आगामी पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चाल समितिको प्रस्तावलाई पारित गर्दैछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया