हँसिया पोलेझैँ पोल्छ (कविता)
–वैरागी जेठा
बट्टाईको प्रचण्ड गर्मीले
हाम्रा मन उम्लिरहेका थिए
विचारहरू सुसाइरहेका थिए
सालका पातहरू
अलिमाथि गीतगाइरहे थिए
बुढो कविसँग
सञ्चारकर्मीहरू झुम्मिन्छन्
आँपको बोटमा कमिलाहरू झुम्मेझैँ
बुढा कवि
असाध्यै थाकिसकेकाले
टाउको उठाउन मुश्किल
मधुरो स्वरमा
वसन्तपुरे चिच्यायो
चारभाइ लम्किए
कटुसै कटुसको घारी
सुपारे आँप
झरिरहन्थ्यो
हामी चुस्तै चुस्तै
चाहड सकाएर
नागबेली बाटो उक्लिरह्यौँ
डढेलो लागेका पाखरमा
गुच्चाझैँ नाचेका
पट्याऊका गुच्चाहरू खोज्न
बुढो कविसँगै
लामो यात्रामा हिँडिरह्यौँ
हामीहरू
भोक विसाउन
चारदोबाटोमा
नयाँ यात्रुझैँ ठिङ्ग उभिएर
रात नाचेको छ
अहिले बोल्ने फुसर्त छैन
बुढो कवि
निकै लखतरान छन्
आरनको आगोले हँसिया पोलेझैँ
चुरोट पोलिरहन्छन्
अटोमेटिक कवि
मानिस बनाउने कविता गाउँछन्
हाम्रा सामू
विदुरको रेडियोले सोधयो
रामेश रायन मञ्जुल भने
वाग्ले र पंज्ञानी व्यक्त गरेँ
नुवाकोटे भएर जन्मिएकोमा
मकैका घोगाझैँ
हुर्केको म
डि सिउाडीनी र रातमाटेले
सजिएर उठेको
मानव हुँ
अवछिन्न कुरा गर्दा गर्दैभोकले ग्रस्त
बुढो कवि
कविताको गर्भधारण गर्छन्
आधा युग टेक्दै गरेका
दुब्लो मान्छे
झ्याउँकिरी सँगसँगै
छन्दमा वार्तालाप गर्छ
सालघारीको घना जङ्गलमा
नयाँ युवा शन्तोष
बाटो पछ्याउँछ
बुढाको स्वर बसेको छ
एउटा चौतरामा
कविताको तिर्सना मेट्न
महामण्डल उक्लिन्छ
वनदेवी हुँदै
बुढा कवि थकित छन्
यात्रा चलिरहेछ
विदुर कवितामा बगिरहेछ
बाग्टार र अाँपटारी जुहारी खेलीरहेछन्
पहेँलपुर भएर
मेरो ढुकढुकी काम्छ
होमशंकर
हामीसँग छुट्टिन्छन्
मेरो ओठ बन्द हुन्छ
हिँड छिटो भन्दै
घिच्याउँदै उकाल्छु कोटको पहाड
बुढा कविहरूलाई
मुहानबाट कविता बगिरहेको छ
श्वेत शार्दूल लिएर
आजको दिशाबोध गर्दै
कुइरो विलाउँदै जान्छ
घनश्याम रोइरहन्छ
सालका पातहरू छलेर
हिंसा उधिनेर
म सेतु हुन्छु
अनुशासन भित्र कैद हुँदै
हामी
भैरवीको आँगनबाट
ओरालो झरिरहेछौँ
रातीको पट्याऊ सम्झेर
विदूर चुपचाप छ
घनश्याम सजग गराउँदै थ्यो
आफ्ना आँसुका भेलहरूमा
बुढो कवि र उनका साथीहरूलाई
कविहरू होशियार
हाम्रा यात्रा अगाढि बढ्छ
अदम्य साहस गर्दै
भत्केको पुरानो दरबारका
ऐतिहासिक कलाहरू
समावेश हुन्छन्
छक्क पर्छु
कविहरू अनौठो मान्छन्
एउटा झ्याल
मेरो आँखामा तुन्द्रुङ्ग झुण्डिन्छ
उनीहरू कराए
खुला मन लिएर
प्रतिबिम्ब भएर
दरबार ठिङ्ग उभिरह्यो
श्वास फेर्ने आशमा .
फेसबुकबाट तपाईको प्रतिक्रिया