हकप्रद जारी गर्न सिद्धार्थ बैंकको धितोपत्र बोर्डमा निवेदन

बिजनेसपाटी २६ भाद्र
सिद्धार्थ बैंकले चुक्ता पूँजीको १० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । सोको लागि भदौ १९ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद जारी गर्न अनुमति माग गरेको हो ।

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न बैंकले १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेकाे हाे । यसअघि ३० प्रतिशत हकप्रद जारी गरेको बैंकको १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव असार १८ गते सम्पन्न विशेष साधारणसभाबाट बैंकले पारित गरेको थियो ।
हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५० करोड ८७ लाख नाध्नेछ । आठ अर्ब पूँजी कायम गर्न बाँकी रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्दा सहजै पुग्नेछ ।

गत आर्थिक बर्षमा बैंकले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया