हकप्रद सेयर जारी गर्दै नागबेली लघुवित्त विकास बैंक
बिजनेसपाटी २४ कार्तिक ।
नागबेली लघुवित्त विकास बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गतबर्षको मुनाफाबाट ४५.४७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तले बोनसपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर विक्री गर्ने निर्णय गरेको हो । संचालक समितिको कात्तिक २२ गते बसेको बोर्ड बैठकले सो प्रस्ताव अघि सारेको छ ।
४५.४७ प्रतिशत बोनस वितरण गर्न लघुवित्तले राष्ट्र बैंकको अनुमति पाइसकेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बोनस सेयर लगानीकर्ताले पाउनेछन् । त्यसपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।
हाल नागबेली लघुवित्तको चुक्ता पुँजी पाँच करोड २५ लाख रुपैयाँ रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पुँजी सात करोड ६३ लाख रुपैयाँ पुग्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १५ करोड पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया