हनिमनुकै फोटो सार्वजनिक भएपछि राखी चुप

काठमाडौं २१ साउन

गत साता विवाह भएको समाचार आउँदा गलत हल्ला भन्दै खण्डन गरेकी बलिउड अभिनेत्री राखी सावन्त हनिमुनकै फोटो बाहिरिएपछि चुप भएकी छन्।

आफ्नो विवाह नभएको र आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन्।

तर यतिबेला उनी सिन्दुर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन्। याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ।

उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन्। यसपछि उनी चुप भएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया