हरेक नेपालीको खल्तीमा साढे १५ हजार रूपैयाँ
काठमाडाैं १ कार्तिक
तपाईको खल्तीमा कति रुपैयाँ छ? त्यो आफैं जान्नुस्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन्।
केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ। यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए। ‘नेपाल राष्ट्र बैकले चलनचल्तीमा ल्याएका सबै नोट नेपालीलार्इ बराबरी भाग लगाउँदा १५ हजार रूपैयाँ जतिको नोट पर्ने देखिन्छ,’ राष्ट्र बैकका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता पंगेनीले भने । राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ। अाजको राजधानी दैनिकमा समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया