हाथवे इन्भेष्टमेन्ट अब लैनचौर स्थित आफ्नै कम्प्लेक्समा

बिजनेसपाटी ४ मंसिर

आइएमई समुहद्रारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड काठमाण्डौको लैनचौर स्थित आफ्नै भवन ‘हाथवे कम्प्लेक्स’मा आज सोमबार सरेको छ । नयाँ भवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकाल गरे । सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थीती रहेको थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल हाथवेको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । पुँजि बजारका अलवा दीधकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एन.वि.इन्स्योरेन्स कम्पनी लि. र अरुण फाईनान्सको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ ।
उद्घाटनको अवसरमा मन्तव्य दिदै अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । यसैगरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका विच कम्पनीले गरेको प्रगती लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गरे ।
नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्री गर्न सक्नेछन् । कम्पनीको रु ५० प्रति कित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया