हामीलाई जिताए यसरी फेर्छौ देशको मुहार (भिडियो सहित )

सुरेन्द्र ढकाल, मेयरका उमद्वार, काठमाडौँ महानगरपालिका, मकै चुनाब चिन्ह
अध्यक्ष, देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा
समाजसेवी, पर्यावरणवादी तथा साइकल यात्री

नेपाललाई संसारको दशमध्ये एक कंगाल र अति कम विकसित राष्ट्र बनाउने को हो ? नेपाललाई संसारको दशमध्ये एक भ्रष्ट राष्ट्र बनाउने को हो ? नेपाललाई भारतको एकल बजार बनाई संसारको सबैभन्दा ठूलो व्यापारघाटा भएको मुलुक बनाउने को हो ?
देशका उद्योगहरुलाई कौडीको मूल्यमा बेची नेपाली युवायुवतीहरुलाई बेरोजगार बनाई विदेशमा फोहोरी, कठिन र खतरनाक काम गर्न जान बाध्य पार्ने को हो ? राजधानी काठमाडांै लगायत नेपालका सहरहरुलाई विश्वकै प्रदुषित र अनियोजित सहर बनाउने को हो ? हरेक नौ महिनामा बन्ने नयाँ मन्त्रिमण्डलको कारण बन्ने भूतपूर्वहरुको भीडको विलासिता र सुरक्षाका लागि राष्ट्रको ढुकुटी रित्याउने को हो ?भारतले सीमा मिच्दा, दशगजाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनविपरीत एकतर्फी रुपमा बाँध र सडक निर्माण गरी नेपाली भूमि जलमग्न बनाउँदा अनि भारतीय सुरक्षा बल दिनदहाडै नेपाल पसी निर्दोष नेपालीको हत्या गर्दासमेत कानमा तेल हालेर बस्ने को हो ? जनताका छोराछोरी भने जीवनजल खान नपाएर मर्ने तर नेताहरुलाई करौडांै खर्च गरी विदेशमा औषधोपचार गर्न पठाउने को हो ? शिक्षालाई राजनीतिकरण गरी ८० प्रतिशतभन्दा बढी जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालयहरुको अधोगति गर्ने को हो ?

यी भनेका हालसम्मका नेपाललाई शासन गर्ने भ्रष्ट, राष्ट्रघाती र असक्षम राजनीतिक नेता र तिनीहरुका टहलुवा प्रशासकहरु नै हुन् । तसर्थ यिनीहरुलाई वडादेखि केन्द्रसम्मै बढारी राजनीतिलाई उत्कृष्ट समाजसेवाको रुपमा स्थापित गर्न जरुरी छ । हामीले राजनीतिलाई उच्चस्तरको समाजसेवा हो भनेर देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा खोलेका हौ ।

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) के गर्छ ?
हामी सामुदायिक विद्यालयलाई विकृत राजनीतिबाट मुक्त गरी, प्रवद्र्धन गर्दै गरिब जनताको छोराछोरीको लागि स्थानीयस्तरमा नै गुणस्तरीय तथा वालमैत्री शिक्षाको ग्यारेन्टी गर्छौं ।
हामी स्वरोजगार शिक्षाको माध्यमबाट महिलाहरुमा भएको निरक्षरता, बेरोजगारी र गरिबीको अन्त्य गर्छौं ।
हामी राज्य, बैंक र निजी क्षेत्रहरुलाई कृषि, वागवानी र पशुपालन जस्तो प्राथमिक क्षेत्रमा लगानी गर्न बाध्य पारी स्थानीय स्तरमा नै रोजगार सिर्जना गरी नेपाली युवायुवतीलाई विदेशिनबाट रोक्छांै र ग्रामीण तथा स्थानीयस्तरमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्छौं ।
हामी जनतालाई स्थानीयस्तरमा आधारभूत स्वास्थ्य, स्वच्छ खानेपानी तथा फोहोर ब्यवस्थापनको ग्यारेन्टी गर्छौं ।
अनाथ बालबालिका तथा असहाय वृद्धवृद्धाहरुको लागि स्थानीयस्तरमा आश्रम संचालन गरी लोककल्याणकारी समाजको सिर्जना गर्छांै ।
हामी साना तथा लघुजलविद्युतको स्थानीयस्तरमा नै विकास गरी ग्रामीण क्षेत्रमा ब्यापक लघुऔद्योगिकरण तथा वातावरणमैत्री यातायातका सुविधाहरु प्रदान गर्छौं ।
हामी स्थानीय स्तरदेखि नै हरियाली प्रवद्र्धन गरी पर्यावरणमैत्री र प्रदूषणमुक्त वातावरण बनाउनेछौं ।

(ढकाल सरकारी संगठन र ब्यवस्थापन (इटली) बाट
स्नातकोत्तर र प्रशासनिक विज्ञान (जर्मनी) बाट विशेषज्ञताको डक्टरेट
समेत हुन् । )

समाजसेवी ढकालको काम र योगदानबारे  जान्न चाहनुहुन्छ भने तलको भिडियो क्लिक गर्नुहोस्

प्रकाशित मिति २०७४-१-१८

फेसबुकबाट तपाईको प्रतिक्रिया