‘हामीले नेपालमै नमुना तरिकाले सहकारी संञ्चालन गरिरहेका छौ’

दिपकप्रसाद घिमिरे
अध्यक्ष : आर्कषक उपभोक्ता कृषि सहकारी संस्था, सातदोबाटो ललितपुर

१) आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाको अलिकति पृष्ठभुमि सहित यसले पुर्याउँदै आएको सेवा सुविधाहरुबारे केही बताइदिनुहोस् न ।
आकर्षक उपभोक्ता कृषि सहकारी संस्था २०६९ सालमा आर्कषक उपभोक्ता सहकारीको नाममा दर्ता भइ सञ्चालनमा आएको हो । खासगरी नेपाली जडिबुटीजन्य वस्तुहरुलाई प्रर्बद्धन, प्रमोशन प्याकेजिङ, ब्राण्डिङ गरेर उपभोक्ताको माझमा सर्बसुलभ रुपमा पु¥याउने, गुणस्तरीय वस्तुहरुको उपभोग गराउने, समाजलाई स्वस्थ्थ बनाउने उदेश्यका साथ यस सहकारीको जन्म भएको थियो । त्यही संन्र्दभमा २०७६ मंसिरमा कुटो कोदालो कृषि सहकारी संस्थासँग मर्ज भइ यसको नाम हाल आर्कषक उपभोक्ता कृषि सहकारी संस्था लि रहन गएको हो । यस संस्थाले हाल कृषिजन्यवस्तु उत्पादन तथा वितरण गर्ने गर्छ । उपभोक्ता र कृषि दुबैसँग मर्ज भएपछि दुबै उदेश्यहरुलाई यसले राम्रोसँग अघाडी बढाइरहेको छ । दुबै खालको जिम्मेवारी यस संस्थाले पाएको छ । हामीले उपभोक्तामुखी भएर नै अहिले जडिबुटीजन्य देखि कृषिजन्य लगायतका वस्तुहरुको उत्पादनदेखि वितरण प्रणालीलाई ८ बर्षको दौरानमा धेरैहदसम्म सहकारीको ब्यानरबाट सुचारु गर्न सफल भएका छौ ।

२) यस संस्थाको सदस्य कति छन् र कार्य क्षेत्र कस्तो छ ?

यस संस्थाको सक्रिय सदस्य सङख्या ५ सय हाराहारी छन् । विस्तार गर्ने क्रममा छौ । कार्य क्षेत्र मध्यमअञ्चल भर छ । १९ ओटा जिल्लामा सजिलैसँग काम गर्न सक्छौ । हामीले लाखौ उपभोक्ता बनाउने सोच र लक्ष्य लिएका छौ । तीनलाई सदस्य भएको आधारमा संस्थाद्धारा उत्पादित तथा वितरित वस्तुहरु सरल रुपमा घर–घरमा पुर्याउने पनि हाम्रो लक्ष्य छ ।

३) यस संस्थाले इ–कर्मश बिजनेस पनि थालेको देखिन्छ । त्यसले दिने सेवाहरु के के छन् ?

कोभिड–१९ले गर्दाखेरी अनलाईन सिस्टमलाई नेपालीहरुले पनि धेरै अबलम्बन गर्न थालेका छन् । भिडभाडमा जान नहुने अवस्थामा घर–घरमै उपभोक्ताहरुले आफनो अनलाइनबाट अर्डर गरेर वस्तु तथा सेवाहरु प्रयोग गर्न पाउने अधिकारलाई यस संस्थाले सम्बोधन गरेको छ । त्यो प्रविधिलाई अबलम्बन गरेको छ । गएको अशोज १ गतेबाट हामीले अनलाइन प्रणालीबाट पनि व्यवसाय थालेका हौ।
अनलाईनबाट हामिले हामीसँग भएको आर्यूबेदिक क्लीनिकमा पनि सेवा दिने व्यवस्था मिलाएका छौ । हामीसँग विभिन्न जिल्लाबाट कलेक्सन गरिएका गेडागुडी, पिठो, चामल, घिउ–तेल, मह जस्ता किसानहरुबाट प्रत्यक्ष संकलन गरिएका वस्तुहरु छन् । त्यो चीजहरुलाई हामी अनलाइनबाटै उपभोक्ताहरुको घरमा पुर्याइरहेका छौ । मुख्यगरी संस्थाले उत्पादन, संकलन गरेका कृषिजन्य, जडिबुटिजन्य वस्तु तथा सेवाहरुलाई सजिलै रुपमा प्रत्यक्ष घरघरमा उपभोक्ताहरुले प्रयोग गर्न पाउन् भनेर इकमर्श थालेका हौ । वितरण प्रणालीलाई उपभोक्ता सहकारी पनि भएको हुनाले उपभोक्ताहरुलाई सर्बसुलभ रुपमा गुणस्तरीय वस्तुहरु घरघरमै प्रयोग गराउने उदेश्यले अनलाइन प्रणाली सुरु गरिएको हो । यसले सन्तोषजनक सफलता पाइरहेको पनि छ ।

४) के कति प्रकारका प्रोडक्टहरु यस सस्थाले डेलिभरी दिइरहेको छ ?

नेपालमा कृषि उपभोक्ता सहकारी भएपनि कृषिमुखी भएर काम गरेका पाइदैनन् । हाम्रो यस सहकारीको एउटा ब्युटी भनेको के हो भन्दा सुरुका दिनदेखि नै हामीले बचत ऋणलाई प्राथमिकता दिएकै छैनौ । गरेर्कै छैनौ । हामीले उपभोक्ता र कृषिमुखी मात्रै भएर यो कामहरु गर्दै जाँदा सुरुमा हामीले घरेलु उद्योगमा जुन हाम्रो सहकारीको आफनै उद्योग छ । त्यो उद्योग एकोल ब्राण्ड मार्फत अग्रानिक ग्रीन टी, स्लीम टी, मसाज तेल, साबुन लगायतका चीजहरु उपभोक्ताहरुको माझमा पुर्याउँदै आएका थियौ । त्यो प्रडक्टहरु अहिलेपनि हामीसँग छन् । बाँकी अहिले हामिसँग आर्युबेदिक क्लिनिक पनि छ । घरेलु उद्योगमा दर्ता गरेर सहकारीको दुनियाँमा सायदै पहिलो होला यो सहकारी संस्थाले दर्ता गरेर त्यसरी आर्युबेदिक क्लिनिक पनि चलाएको छ । हामीले त्यो खालको सेवा पनि दिन थालेका छौ । खासगरी हाम्रो आर्कषक आयुवेदिक क्लिनिकले आर्युबेदिक उपचारलाई फोकस गर्न खोजेको हो । अहिले आर्युवेदको महत्व विश्वब्यापी रुपमा बढेको पनि छ । हामीले हिजो गरेको संर्घष आज सफल हुँदैछ । धेरै उपभोक्ताहरुले यस कुरा बुझिसकेका छन् । यसरी सहकारीको दुइ ओटा आफनै उद्योग भए । त्यसैगरी हामीले आर्कषक उपभोक्ता पसल पनि सञ्चालनमा ल्याएका छौ । जहाँ गेडागुडी, पिठो, चामल, फापर, कोदो, मह, तेल, घिउ, कुरिलो, तरकारी, फलफुल जस्ता कुराहरुलाई हामीले बिक्री गर्दै आएका छौ । किसानको सिधै बगानबाट ल्याएर उपभोक्ताको माझमा अनलाइन मार्फत बेच्ने गरेका छौ । त्यसैगरी अर्को हाम्रो ट्राउट माछाको फार्म ललितपुरमै छ । त्यसलाई अलिकति सरकारी अनुदान पनि पर्यो । त्यहाँ ट्राउट माछा अहिले ५ हजार भुरा हुर्किरहेका छन् । त्यो तयार हुदैछ अर्को साता । अर्को हामीले कृषि फर्म छ चापागाँमा । त्यहाँ कुरिलो, अकबरे खुर्सानी, जर्जररा कार्नेस जस्ता युनिक फुलहरु हामीले दार्जेलिङदेखि बिरुवा ल्याएर बिउ जर्गेना गर्ने काम गरिरहेका छौ । नर्सरी बनाउने काम गरिरहेका छौ । यसपाली मात्रै हामीले कुरिलोको एक लाख बिरुवा निकाल्दै छौ । जुन विरुवाहरु हामी किसानहरुलाई लगाउन दिन्छौ । उहाँहरुले उत्पादन गरेका कुरिलो अथवा अन्य वस्तुहरु हामी आफैले खरिद गरी अनलाइन मार्फत हाम्रा सदस्यहरुलाई घरघरमा पुर्याउँछौ । त्यो हाम्रो लक्ष्य छ । त्यसैगरी यस संस्थाका अन्य गतिविधिहरु पनि सञ्चालनमा ल्याउने तयारीमा छ ।
५) तपाइ लामो समयदेखि कृषि तथा जडिबुटी क्षेत्रमा कृयाशिल हुनुहुन्छ । यस क्षेत्रमा काम गर्दाका शुखदुख के छन् । तपाइको अनुभव के छ ?
भ्mण्डै २० बर्ष यतादेखि म यस क्षेत्रमा कृयाशिल छु । म आफैलाई कृषिप्रतिको मोह, माया, प्रेम हो मेरो । त्यो भन्दा अघि सरकारी जबमा म थिए । त्यसलाई राजीनामा दिएर मैले यो काम थालेको हुँ । यस क्षेत्रमा लाग्दाखेरी मलाई आत्मसन्तुष्टि मिलेको छ । अघाडी बढिरहेको छौ । तर राज्यसंयन्त्र सहकारीका संघ संगठन, छाता संगठन, राज्यका निकायहरु, विभागहरु, मन्त्रालय जो छन् । त्यहाँबाट सहकारी संस्थाले पाउनु पनेर्, राज्यले जो तीनखम्बे अर्थनीति लिएको छ। सहकारी भित्र पनि कृषिलाई जोड गर्नु भन्ने राज्यको नीति छ । तर नीति एकातिर छ तर कार्यान्वयनमा हामी अर्कोतिर छौ । हाम्रो जस्तो कृषि र जडिवुटी क्षेत्रलाई उज्जागर गरिरहेका सहकारीहरुले सहयोगहरु राज्यबाट पाएका छैनौ । हामीलाई त्यस्तो अरु केही चाहिने होइन । हामीलाई खेती गर्नका लागि जमिन, सिँचाइ, बाटा,े विधुत, लगायतको व्यवस्था गरिदिए वा वातावरण बनाइदिए र सरल कर्जाहरु दिए पुग्छ । हामी जस्तो यत्रो काम गरेर अघाडी बढ्ने अग्रानिक कृषिलाई जोड गरेर अघाडी बढाउने गरी अघि बढिरहेको सस्थालाई सर्पोट छैन । बचत ऋण गर्ने सहकारी चाँहिदैन भन्ने मेरो मान्यता हो । त्यो काम बैक फाइनान्सले गर्लान् । तर बिडम्बना आज सबै सहकारी बचत ऋणमा नै फोकस भएका छन । त्यो पैसा लिने दिने काममै व्यस्थ छन् भने हामीले नेपालमै नमुना तरिकाले सहकारी संञ्चालन गरिरहेका छौ । मलाइ लाग्छ आगामी दिनमा राज्यस्तरबाट यस्ता उत्पादन बढाउने, कृषि बढाउने, रोजगारी बढाउने खालका सहकारीहरुलाई सहयोग हुनेछ भन्ने मलाई विश्वास छ ।

६) अन्त्यमा, उपभोक्ताहरुलाई के भन्नुहुन्छ ?
हाम्रो सहकारीले लाखौको संगठन बनाएर काम गर्ने लक्ष्य लिएको छ । राम्रा राम्रा अग्रानिक चीजहरु, खाधान्य, माछा, पशुपंक्षी, तरकारी, जडिबुटि लगायतका कुराहरुमा ल्याएका छौ । आर्युबेदिक देखि लिएर एउटा ब्यक्तिलाई चाहिने सबै स्वास्थ्यबर्दक वस्तुहरु ल्याएका छौ । त्यसलाई सबैले खोजी खोजी प्रयोग गर्नुस । हाम्रो संस्थासँग जोडिनुस् । हामीले हाम्रा सेवाहरुलाई घरघरमै पुर्याइरहेका छौ । हाम्रो अभियानलाई सहयोग र सदभाव राख्नुस् भन्न चाहन्छु ।

प्रकासित मिति २०७७–८–२०

फेसबुकबाट तपाईको प्रतिक्रिया