हिन्दू सम्मेलनमा कुटाकुट पछि भाँडभैलो, यसरी सुरु भएको थियो विवाद !

काठमाडाैं ६ कार्तिक ।
हिन्दू धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्धेश्यले अयोजित अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ ।

सनातन हिन्दू मोर्चासहितको एउटा ठूलो समूहले अप्रजातान्त्रिक प्रक्रियाबाट पूर्वजनरल भरतकेशर सिंहलाई शुक्रबार जबर्जस्ती विश्व हिन्दू महासंघको अध्यक्ष घोषणा गरिएको भन्दै विरोध जनाएपछि सम्मेलनमा कुटाकुट र भाँडभैलो मच्चिएको हो ।

विहीबार पशुपतिस्थित वनकालीमा उद्घाटनपछि प्रज्ञावभन कमलादीमा धर्मसभा चलिरहँदा भाँडभैलो मच्चिएपछि सम्मेलनको दोस्रो दिन नै प्रतिनीधिहरु तितरवितर भएका छन् । सम्मेलन समापन हुँदा २५- ३० जनाको संख्यामा प्रतिनीधि धर्मसभामा थिए ।

निर्वाचन मण्डलले सिंहलाई अध्यक्ष घोषणा गरिरहेकै बेला मोर्चा प्रतिवाद गर्दै सम्मेलनबाट बाहिरिएको थियो । सिंह पक्षधर र मोर्चा पक्षधर झडपमा ज्योतिष परिषद्का केन्द्रीय सदस्य विशाल सिवकोटी घाइते भएका छन् ।
यसरी सुरु भएको थियो विवाद
सम्मेलनमा १० देशबाट करिब दुई सय प्रतिनिधि सहभागी भएको बताइए पनि करिब सयभन्दा बढी सम्मेलनमा सहभागी थिएनन् । विश्व हिन्दू महासंघको महत्वपूर्ण घटक सनातन हिन्दू मोर्चा सम्मेलनबाट विधान संशोधन गरी चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्नुपर्ने पक्षमा थियो ।

तर, सिंह पक्षधर भने भारतीय जनता पार्टीका नेता तथा लोकसभा सांसद आदित्यनाथ सिंहको समर्थनमा उनैलाई अध्यक्षमा दोहार्याउने पक्षमा उभियो ।

मोर्चामा आबद्ध प्रतिनिधिहरुले हिन्दू राज्य पूनस्र्थापना घोषणा गर्नुपर्ने अभियनको विरोधमा रहे पनि सिंह पक्षर भने दुर्व काम गर्नुपर्ने पक्षका कारण सम्मेलन उद्घाटनदेखि नै विवाद सुरु भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया