हिन्दूराज्य कायम गरिनुपर्ने भन्दै निर्वाचन कार्यालय घेराउ

काठमाडौँ ८ चैत

डडेल्धुरा- हिन्दूराज्य कायम गरिनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले सोमबार निर्वाचन कार्यालय घेराउ गरेको छ ।हिन्दूराष्ट्र कायम गरिनुपर्ने र निर्वाचन आयोगको निर्णय गलत भन्दै सोको खारेजीको माग गर्दै राप्रपाले सदरमुकाम परिक्रमा गरी निर्वाचन कार्यालयमा धर्ना दिएको थियो ।

संविधान अनुसार पार्टीको स्वतन्त्र विचारको समेत कदर गरिनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले डडेल्धुरामा जुलुस निकालेको राप्रपा डडेल्धुराले जनाएको छ । विभिन्न नारा र मागसहितका प्लेकार्ड बोकेर राप्रपाले निर्वाचन आयोगमा धर्ना कार्यक्रम आयोजना गरेको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया