हिमाल दोलखा हाइड्रोको ७८ करोडको आईपिओ आउने

बिजनेसपाटी १६ कार्तिक
सर्वसाधारणका लागि हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
आइपीओ निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाको तर्फबाट फाईनान्स म्यानेजर अनन्त कार्कीले बुधबार हस्ताक्षर गरेका छन् ।

हिमाल दोलखा हाइड्रोले ईलामको गोदक गाबिसमा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाममा ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । by kantipur saptahik

फेसबुकबाट तपाईको प्रतिक्रिया